;
काठमाडौं, पुस ८/कीर्तिपुरको चाल्नाखेलमा मंगलबार भएको झडपमा पेस्तोल हराएका डिएसपी टीकाबहादुर केसीलाई कारवाहीस्वरुप सरुवा गरिएको छ । मंगलबार हराएको पेस्तोल बुधबार विहानसम्म पनि फेला नपरेपछि उनलाई कारवाहीस्वरुप कीर्तिपुरबाट काठमाडौं प्रहरी परिसरमा तानिएको हो । पेस्तोलको समेत सुरक्षा गर्न नसकेको भन्दैं उनलाई काठमाडौं प्रहरी परिसरमा तानिएको हो । ‘ डिआइजीको नेतृत्वमा छानविन भइरहेको छ ।
उहाँको केही कमीकमजोरी देखिएकोले काठमाडौं परिसरमा तानिएको हो,’ परिसरका प्रवक्ता विश्वराज पोखरेलले भने । उनले केसीको ठाउँमा अर्का डिएसपी प्रेमबहादुर बस्नेतलाई पठाउने तयारी भइरहेको बताए । चाल्नाखेलमा मंगलबार ग्याँस वितरणका क्रममा विवाद भएपछि स्थानीय प्रहरीबीच झडप भएको थियो । चाल्नाखेलको एभरेष्ट ग्याँसको डिपोमा सर्वसाधारणहरुले सहमतिअनुसार कम्पनीले ग्याँस वितरण नगरेको भन्दैं ग्यासको डिपोमा आक्रमण गरेका थिए ।
आक्रमणमा उत्रिएका स्थानीयहरुलाई रोक्न प्रहरी अगाडि बढेपछि प्रहरी र स्थानीयबीच झडप भएको थियो । सोही क्रममा डिएपी केसीको पेस्तोल हराएको थियो । प्रहरीले भने उक्त पेस्तोल खोसिएको जनाउँदैं सिसिटीभी फुटेजमा आधारमा पेस्तोल खोस्नेहरुको पहिचान गरिसकेको जनाएको छ । प्रहरीले घटनाको अनुसन्धानका लागि ८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।झडपको भिडियो तल हेर्नुहोस

No comments:
Post a Comment