काठमाण्डौ, ११ साउन, “मैले कति पटक भनिसके अब म पुरानो कुरा सम्झन चाहन्न, तपाईहरु पनि मलाई पटक पटक त्यही कुरा नगर्नु, पत्रकारको संधै एउटै प्रश्नवाट आजित बनेकी डोल्मा शेर्पाले लाइट नेपाल संग कुराकानी सुरु गर्नु अगावै भनिन्, मलाई धेरै टेन्सन हुन्छ, मेरो आंखा अगाडी त्यही घटना आउंछ । म विर्सन खोज्छु , पत्रकारहरुले बारबार त्यही घटना सोध्दा मलाई गाह्रो हुन्छ । सबैले बुझीसकेको कुरा हो । भाषा नजानेर मलाई त्यसरी फसाइयो । अर्काे केटा मान्छेले फिलीपिनो नागरीकलाई मारे अनि मलाइ त्यो लाशमा छुन लगाए । यसरी मलाई फसाइएको हो ।”
उनले कुबेतमा भएको त्यो घटना सम्झदै भनिन्, “मलाई पनि कति कुट्यो । चार जना केटा बिचमा हामी दुई जना महिला थियौ । अर्काे फिलिपिन्सवाट त्यहां आएको महिला पनि आफ्नो बालबच्चा छोडेर घरेलु काममा आएको थियो । हामी एकदम मिलेर बसेका थियौं । दुखसुखका कुरा गर्थ्यौं । सबैले यस्तै सोध्दा मलाई यस्तो लाग्छ मैले उसलाई बचाउन सकिन । उ त मरेर गयो । मलाई बांच्न कति गाह्रो भयो । दाजुभाईले मलाई यती सहयोग नगरेको भए म पनि मर्थे होला । तपाईहरुले यो कुरा फेरी बल्झाउंदा उसलाई मात्र किन मार्यो मलाई किन मारेन भन्ने कुरा मात्र मेरो दिमागमा घुमिरहन्छ ।” बाँकि पुरा अन्तर्वार्ता भिडियोमा हेर्नुहो
Source : nepali news

The post मृत्यु जितेर कुबेतवाट नेपाल आएकी डोल्माले भनिन,- श्रीमानले अर्कै बिवाह गरीसक्नुभयो, अब म घर जान्न, आत्मनिर्भर भएर छोराको लागि बांच्ने छु (भिडियो सहित) appeared first on Daleema News.

No comments:
Post a Comment