दुई छोरीकी आमालाई बेच्न लैजाँदै थिए, पक्राउ गरेपछि खुल्यो यस्तो रहस्य - KTV Khabar

Breaking

दुई छोरीकी आमालाई बेच्न लैजाँदै थिए, पक्राउ गरेपछि खुल्यो यस्तो रहस्य

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

नुवाकोट, १३ साउन– दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी २३ वर्षीया महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गरेको समयमा पक्राउ परेका चारजना सहित आठजनाविरुद्ध थप दुई महिलालाई भारतमा बिक्री गरेको अभियोग लागेको छ ।

घ्याङफेदीका दुई महिलालाई गत असार १२ गते काठमाडौँमा काममा लगाइदिने भन्दै फकाएर भारतमा लगेर बिक्री गरेको अभियोगमा पीडित परिवारले मानब बेचबिखन मुद्दामा प्रहरी नियन्त्रणमा रहेका चारजनाविरुद्ध किटानी दिएका छन् ।

यही साउन १० गते एक महिलालाई बिक्रीका लागि लैजाँदै गरेको समयमा पक्राउ परेका घ्याङफेदीका १८ वर्षीय कुमार तामाङ, १८ वर्षीय अर्जुन तामाङ, २८ वर्षीय जोगलामा कान्छा भनिने राजु तामाङ र झापाको साबिक महाभारा–९ का २२ वर्षीय विशाल भनिने इन्द्रदेव राजवंशीविरुद्ध गएको असारमा दुई महिलालाई पनि बिक्री गरेको अभियोग लागेको छ ।

पीडित परिवारले दिएको किटानी र प्रहरीको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरुविरुद्ध मानब बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला अदालत नुवाकोटमा बिहीबार थप अर्को मुद्दा दर्ता गरेको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

पक्राउ तथा नियन्त्रणमा रहेका चारजना सहित फरार रहेका तीनजनाको समूहले साउन १० मा महिला (दुई छोरीकी आमा)लाई फकाएर भारत लैजाँदै गरेको र त्यही समूहका सातसहित थप एकजना गरी आठजनाले एक महिनाअघि दुई महिलालाई भारतको वेश्यालयमा पुर्याइसकेको उजुरीका आधारमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

मानव बेचबिखनमा सर्वाधिक अभियोग लागेका मध्येका एक ‘ठिले’ भनिने मानबहादुर तामाङलाई १२ वर्षीया बालिकालाई बिक्री गरेको अभियोगमा पक्राउ परेपछि थप अन्य घटना र संलग्न रहेको अभियोग लागेका व्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।

लोकान्तरको सहयोगमा

The post दुई छोरीकी आमालाई बेच्न लैजाँदै थिए, पक्राउ गरेपछि खुल्यो यस्तो रहस्य appeared first on Daleema News.

No comments:

Post a Comment