बिहे भएको १० वर्षपछि अभिषेकले खाेले ऐश्वर्याको यस्तो राज, सुनेर तपाईपनि आश्चर्यमा पर्नुहुन्छ - KTV Khabar

Breaking

बिहे भएको १० वर्षपछि अभिषेकले खाेले ऐश्वर्याको यस्तो राज, सुनेर तपाईपनि आश्चर्यमा पर्नुहुन्छ

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

एजेन्सी । बलिउडका शानदार र राम्रो जोडीमा पर्छन् एैश्वर्या र अभिषेक राय बच्चन । २० अप्रिल २००७ मा बिहे गरेका यी जोडीको १० वर्षपछि पनि माया उत्तिकै देख्न सकिन्छ एक अर्कासँग ।
यसै बीच ऐश्वर्यालाई लिएर एक यस्तो खुलासा गरेका छन् अभिषेकले जुन कुरा आजसम्म कसैलाई थाहा छैन । जुन राज अभिषेकले खोलिदिएका छन् ।

आफ्नो बिहेको र बिहेपहिले प्रपोज गर्ने समयको याद गर्दै अभिषेकले सामाजिक सञ्जाल ट्विटरमा धेरै कुरा खुलाएका छन् । आफ्नो पुराना दिनहरुको याद गर्दै अभिषेकले ऐश्वर्याको साथ आफ्नो जीवनको यात्रा धेरै खुशीका साथ वितेको बताएका छन् ।

उनले ट्विटरमा लेखेका छन् , ’१० वर्षपहिले न्युयोर्कको जाडोमा छतमा उभिएर मेलै ऐश्वर्यालाई सोधेको थिए , मसँग विहे गर्छौ ? अनि ऐश्वर्याले ‘हुन्छ’ भनेकी थिइन् । ’
अभिषेकले भने अनुसार उनी प्रपोज गर्ने समयमा निकै डराएका थिए । तर ऐश्वर्याले एक सेकेण्डपनि नसोची हुन्छ भनेकी थिइन् ।

जीवनको १० वर्षको यात्रा निकै खुशीका साथ वितेको र ६ वर्षकी छोरी आराध्याको माता–पिता भएको बताएका छन् ।
अभिषेकको विहे एक समय करिश्मा कपूरसँग हुनेवाला थियो । अक्टोबर २००२ मा अभिषेक र करिश्मा कपूरको सगाइ टुट्यो तर त्यसको चार वर्षपछि ऐश्वर्यासँग विहे भयो ।

The post बिहे भएको १० वर्षपछि अभिषेकले खाेले ऐश्वर्याको यस्तो राज, सुनेर तपाईपनि आश्चर्यमा पर्नुहुन्छ appeared first on Daleema News.

No comments:

Post a Comment