अर्काकी श्रीमतीसँग सुतेका प्रहरी असई रंगेहात भेटिएपछि… - KTV Khabar

Breaking

अर्काकी श्रीमतीसँग सुतेका प्रहरी असई रंगेहात भेटिएपछि…

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

भोजपुर श्रीमान् नभएको बेला अर्काकी श्रीमतीसँग सुतेको भेटिएपछि एक प्रहरी असईले कुटाई खाएका छन् । एक होटलकी सञ्चालिकासँग राति सुतिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत एक असई भेटिएपछि कुटाई खाएका हुन् । शुक्रबार राति होटल सञ्चालिकाका श्रीमानले राति १२ बजे दुवै जनालाई घरैमा सुतिरहेको भेटेपछि कुटेका थिए । प्रहरी सेवाबाट अवकाश हुन लागेका ती प्रहरी असई होटलमा आउने जाने र सबैसँग परिचित रहेका थिए ।

आफ्नी श्रीमती र प्रहरीको अनैतिक सम्बन्ध थाह पाएर हो या संयोगले हो, दिङ्ला जान्छु भनी हिँडेका श्रीमान् फेरि राति घरमै फर्किएका थिए । घरमा फर्कंदा आफ्नी श्रीमती र प्रहरी सँगै सुतिरहेको देखेपछि दुवैजनालाई उनले कुटपिट गरेका हुन् । कुटपिटबाट श्रीमतीको नाक भाँचिएको छ । असई फुयालको टाउकोमा गम्भीर चोट लागेको छ । श्रीमानको कुटपिटबाट घाइते भएका दुबैलाई सिद्धकाली हस्पिटलमा उपचारका लागि प्रहरीले लगेका थिए ।

अर्काकी श्रीमतीसँग सुतेर कुटाई खाएका असईलाई तत्काल हिरासतमा राखिएको थियो । घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यसँग बुझ्दा घटनाबारे सामान्य हल्ला सुनेका तर त्यस्तो कुनै उजुरी नआएकोले सोधखोज नगरिएको बताए ।

The post अर्काकी श्रीमतीसँग सुतेका प्रहरी असई रंगेहात भेटिएपछि… appeared first on Daleema News.

No comments:

Post a Comment