बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत भेटियो - KTV Khabar

Breaking

बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत भेटियो

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

सुदीप अधिकारी

बर्दिया, ११ साउन । जिल्लाको एक सामुदायिक वनमा बुधबार एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । सदरमुकाम गुलरिया नगरपालिका–५ सुहेलवास्थित राधाकृष्ण थारु महिला सामुदायिक वनमा बुधबार एउटा पोथी चितुवा मृत अवस्थामा भेटिएको हो ।

मृत चितुवा करिव ३ वर्षको हुन सक्ने अनुमान गरिएको छ । चितुवा सामुदायिक वनभित्र सिमलको रुख मुनी फेला परेको थियो । सिमलको रुख नजिकै विद्युतको लाइन गएको छ । चितुवा सिमलको रुख चढ्ने क्रममा त्यही बिद्युतिय तारमा ठोक्किदा करेन्ट लागेर मरेको हुन सक्ने जिल्ला वन कार्यालय बर्दियाका सहायक वन अधिकृत सितेस महतोले बताए ।

मृत चितुवालाई जिल्ला वन कार्यालय बर्दियामा ल्याइएको छ । चितुवा कसरी मर्यो भन्ने सम्वन्धमा अनुसन्धान भैरहेकाले बताइएको छ । पोष्टमार्टम पश्चात थप पुष्टि हुने जिल्ला वन कार्यालयले जनाएको छ ।

The post बर्दियाको एक सामुदायिक वनमा चितुवा मृत भेटियो appeared first on Daleema News.

No comments:

Post a Comment