चम्केका बेला हेपेका हिरोसँग रोमान्स गर्दै काजोल, भन्छिन् ‘तमिल मात्रै हैन चाइनिज फिल्म पनि खेल्छु’ - KTV Khabar

Breaking

चम्केका बेला हेपेका हिरोसँग रोमान्स गर्दै काजोल, भन्छिन् ‘तमिल मात्रै हैन चाइनिज फिल्म पनि खेल्छु’

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

एजेन्सी । बलिउडकी चर्चित नायिका काजोलले अभिनेता धनुषसँग तमिल फिल्म खेल्दै छिन् । सन् ९० को दशकतिर करियरको पिकमा पुगेको बेला कुनै पनि क्षेत्रिय फिल्म इन्डस्ट्रीमा काम गर्ने घोषणा गरेकी काजोलले अहिले त्यतिबेलाको फिल्म नखेल्ने बाचा तोड्दै अहिले आएर खेल्ने निधो गरेकी हुन् । जसका कारण उनको घमण्ड तोडिएको भन्दै भाष्कर दैनिकले समाचार छापेको छ ।

रजनीकान्तकी छोरी सौन्दर्या रजनीकान्तद्वारा निर्देशित फिल्म ‘भिआईपी २ लल्कार’ नामको तमिल फिल्ममा काजोल देखिदै छन् । भाषा बेरियरका कारण क्षेत्रिय फिल्म नखेलेको बताउने काजोललाई अहिले किन क्षेत्रिय फिल्म खेल्ने बाध्यता आइप¥यो ?

उनको सजलो जवाफ छ ‘अहिले भाषा बेरियर भन्ने कुरै छैन्, सबै क्षेत्रका फिल्म इन्डस्ट्री अगाडि बढेका छन् । अहिले चाइनिज् फिल्मको अफर आए त्यो पनि खेल्छुसम्म भन्न पछि नपर्ने काजोलले आगामी दिनमा कस्तो प्रतिक्रिया देखाउलिन् त्यो भने हेर्न बाँकी नै छ ।

The post चम्केका बेला हेपेका हिरोसँग रोमान्स गर्दै काजोल, भन्छिन् ‘तमिल मात्रै हैन चाइनिज फिल्म पनि खेल्छु’ appeared first on Daleema News.

No comments:

Post a Comment