आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो, यस्तो छ वास्तविकता - KTV Khabar

Breaking

आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो, यस्तो छ वास्तविकता

;

काठमाडौं— केहि दिन यता सामाजिक सञ्जालहरुमा भाइरल बनेको दाहसंस्कारका लागि पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिवितै भएको भन्ने भिडियो झुटो रहेको पुष्टि भएको छ ।
पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ ।युट्युब सार्वजनिक भएको ४ दिनमै करिब ८ लाख जना बढीले हेरिएको यो भिडियो झुटो रहेको पिडकले बताएका छन् ।

यस्तो छ वास्तविकता
नुवाकोट घर भएका मृतक ठाकुर प्रसाद पाण्डेका माइला छोरा भूवन राज पाण्डेले पत्रकार रबि लामिछानेलाई बताए अनुसार यो भिडियो झुटो प्रमाणित भएको हो । भूवनले बताए अनुसार उनका बुबालाई साउन २ गते निमोनियाको बिरामी भएर उपचार गर्न काठमाडौं ल्याएको थियो । उपचारमा संलग्न डाक्टरले उनको ब्रेन ह्याम्रेज भएको जनाएपछि उनलाई साउन ४ गते हिन्दू परम्परा अनुसार उपचार गर्न पशुपति आर्याघाटसँगैको घाटे वैैद्यकोमा लगिएको थियो । उनलाई त्यहाँ घाटे वैैद्यको उपचार पद्दती अनुसार बाग्मतीको जल खुवाइएको र जल खुवाइएपछि शनिबार ४ बजे केहीबेर बौडिएका थिए । त्यही जल खुवाउने बेलामा कोही कसैले खिचेको भिडियो अनावश्यक झुट प्रचार गरिएको भूवनले बताएका छन् । ठाकुर प्रसाद पाण्डेको साउन ९ गते सोमबारमात्र मृत्यु भएको हो । यसरी तथ्यहिन भिडियो खिचेर भाइरल बनाउनेमाथि कानुनी उपचार दिलाउन पीडकले प्रहरी समक्ष अनुरोध गरेका छन् ।

(कर्णाली न्यूजबाट)

The post आर्यघाटमा जिउँदो मानिसलाई मृत भन्दै भाइरल बनाइएको भिडियो झुटो, यस्तो छ वास्तविकता appeared first on Daleema News.

No comments:

Post a Comment