फेसबूकबाट पत्ता लाग्यो साइकल चोर, उसबाट यसरी फुत्काइयो साइकल - KTV Khabar

Breaking

फेसबूकबाट पत्ता लाग्यो साइकल चोर, उसबाट यसरी फुत्काइयो साइकल

;

काठमाडौं, ३ साउन — फेसबूकको माध्यमले चोरी भएको साइकल फिर्ता लिएको एक अचम्मको घटना सार्वजनिक भएको छ । लन्डनमा एक महिला जेनी मोर्टन हम्फ्रीजले फेसबूकको सहायता लिएर आफ्नो चोरिएको साइकल चोरबाट चोर्न सफल भएकी छन् ।
खासमा चोरले साइकल बेच्नका लागि फेसबूकमा विज्ञापन गरेको थियो । अनि उता जेनीले आफ्नो साइकलको फोटो फेसबूकमा राखेर चोरिएको साइकल खोजिदिन अपील गरेकी थिइन् ।
संयोगवश उनका एक साथीले फेसबूकमा साइकल किन्न खोज्दा जेनीको साइकलको तस्वीर पनि देखे । त्यसपछि दुवैजना साइकलचोरकहाँ गएर साइकल किन्ने योजना बनाए । उनीहरूले प्रहरीलाई पनि साइकल चोर्ने मानिसलाई पक्राउ गराउनका लागि सँगै जान अनुरोध गरे तर प्रहरीले मानेन ।
दुवैजना त्यसपछि साइकलचोरले दिएको ठेगाना पछ्याउँदै उसकहाँ पुगे । जेनी भन्छिन्, ‘मैले त्यहाँ पुगेर साइकलका बारेमा अनेकथरी प्रश्न सोधें । उसलाई मैले साइकल त अलि अग्लो रहेछ नि, म टेस्ट राइड गर्छु है भनें ।’
बेच्ने मान्छेले पनि साइकल चलाएर हेर्ने अनुमति दियो र महिला टेस्ट राइडका लागि निस्किन् र सिधै घर पुगिन् । उनका साथी पनि चोरकहाँबाट कुनै बहानामा फुत्के ।
चोरबाट यसरी साइकल फर्काएको रमाइलो अनुभव सुनाउँदै जेनीले बताइन्, ‘चोरले त बेच्नुअघि साइकलको हल्काफुल्का मर्मत पनि गरिदिएछ ।’ लोकान्तरको सहयोगमा

No comments:

Post a Comment