;
काठमाडौं, साउन ५ – पहिचान हुन नसकेको समूहले फ्याँकेको बम पक्रिएर हाली दुर्घटना हुनबाट जागाउने प्रहरी हबल्दारलाई दुर्गाबहादुर रानालाई असईमा बढुवा गरिएको छ । रानालाई गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । हबल्दार राना स्थानीय तहको दोस्रो चरणको चुनावमा दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित आधारभूत विद्यालय प्रतापकोट मतदान केन्द्रमा खटिनुभएको थियो । त्यस केन्द्रमा पहचिान हुन नसकेको समूहले फालेको बम भुईँमा खस्ने बित्तिकै हातले समाएर रानाले फ्याँकनुभएको थियो । बम पक्रिएर फ्याँकेको भन्दै उहाँको सर्वत्र प्रशंसा भएको थियो । साभार : उज्यालो अनलाइन
The post बम पक्रिएर फ्याँक्ने हबल्दार असईमा बढुवा appeared first on News Fetch.
No comments:
Post a Comment