;
काठमाडौं– विवेकशील र साझा पार्टीबीचको एकता घोषणा कार्यक्रममा रञ्जु दर्शना अनुपस्थित रहेकी छन् । विवेकशील पार्टीकी एक आकर्षक उनी कार्यक्रममा उपस्थित नहुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
यद्यपी पार्टी एकतापछि बनेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिमा उनको नाम समावेश गरिएको छ ।
विवेकशीलको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर एकाएक चर्चामा आएकी उनले २३ हजार बढी भोट समेत ल्याएकी थिइन् ।
नयाँ बानेश्वरमा भएको पार्टी घोषणा कार्यक्रममा उनको अनुपस्थितिको विषयमा बुझ्न खोज्दा दर्शनाले फोन उठाइनन् भने पुन: सम्पर्क गर्दा मोबाइल स्वीच्ड अफ गरिएको छ ।
रातोपाटीको सहयोगमा
The post पार्टी एकता घोषणासभामा किन गइनन् रन्जु दर्शना ? appeared first on Daleema News.
No comments:
Post a Comment