काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा - KTV Khabar

Breaking

काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा

;

काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमाकाभ्रे – शुक्रबार राति आफ्नै होटलभित्र परिवार नै मृत अवस्थामा फेला परेको दाहाल परिवारको मृत्युको कारण रहस्यमय बन्दै गएको छ ।पत्याउनै नसकिने घटना । एउटै परिवारका चार जनाको सामूहिक हत्या वा आत्महत्या ? प्रश्न अनुत्तरित छ । तर पनि घटना हुनुका प्रारम्भिक कारणहरु पटाक्षप हुँदैछ । शिक्षण अस्पतालमा परीक्षणका लागि राखिएका शव अझै परीक्षण हुन सकेका छैनन् ।दुई श्रीमती रहेका मृतकमध्येका छोरा राजाराम दाहालको कान्छी श्रीमती पुजा दाहालले ८ महिना अघि २०७३ मंसिर १२ गते नै सम्बन्ध विच्छेद गरेको रहस्य खुलेको छ ।

सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको चार दिनमै पुजाले राजारामसँग छोरा पुजन श्रीमानसँगै रहने गरी मिलापत्रसहितको सम्बन्ध विच्छेद गरिन तर उनी पहिलाकै हैसियतमा श्रीमानसँगगै बसिरहिन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

The post काभ्रे घटना : सम्बन्ध विच्छेदपछि एउटै ओछ्यानमा appeared first on Daleema News.

No comments:

Post a Comment