दम्पतीले रुखमा झुण्डिएर आत्महत्या गरे - KTV Khabar

Breaking

दम्पतीले रुखमा झुण्डिएर आत्महत्या गरे

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

काभ्रे, साउन १२ – काभ्रेमा एकै परिवारको सामुहिक आत्महत्याको घटना सेलाउन नपाउँदै एक दम्पती रुखमा भुण्डिएको अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका वडा नम्बर ८, बडाल गाँउमा सेतीकाठ नामको रुखमा झुण्डिएको अवस्थामा सोमप्रसाद बडाल र मनिषा दाहाल फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी नविन राईले जानकारी दिनुभयो ।

उनीहरु एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिएका थिए । बुधबार साँझमा नुहाउन जान्छु भनेर हिँडेका उनीहरु घर नजिकै सेतीकाठ भन्ने रुखमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको स्थानीय नानीराम धितालले जानकारी दिनुभयो ।

घरमा जेठी श्रीमती हुँदाहुँदै सोमप्रसादले केही दिनअघि मात्र धुलिखेल नगरपालिका २, रविकी मनिषालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए । केही दिनअघि कान्छी श्रीमतीको रुपमा मनिषालाई भित्र्याएपछि घरमा झगडा परेको र त्यही विषयलाई लिएर जेठी श्रीमती टिकादेवी बडालले अदालतमा बहुविवाहको मुद्धा हालेपछि सोमप्रसाद र मनिषा दुबै तनावमा रहेको परिवार श्रोतले जनाएको छ । सोमप्रसादको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् । मनिषा भने जिल्लाकै काभ्रे क्याम्पसमा कक्षा १२ मा पढ्थिन् ।
प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । अनुसन्धानपछि मात्र घटनाको सत्य तथ्य बाहिर आउने जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्रोत : उज्यालो अनलाइन

The post दम्पतीले रुखमा झुण्डिएर आत्महत्या गरे appeared first on Daleema News.

No comments:

Post a Comment