राति ११ बजेसम्म चौकीमै सुतेका असईको मकै बारीमा लगेर हत्या.. - KTV Khabar

Breaking

राति ११ बजेसम्म चौकीमै सुतेका असईको मकै बारीमा लगेर हत्या..

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

साउन १३,दार्खा (धादिङ) : उत्तरी धादिङको खनियाँवास गाउँपालिका स्थित दार्खा प्रहरी चौकीमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) वीरबहादुर गुरुङ मृत अवस्थामा भेटिएका छन्।
प्रहरी चौकी नजिकै गएराति उनको हत्या गरिएको अवस्थामा शव भेटिएको घटनास्थलबाट स्थानीय मरिचमान तामाङले जानकारी दिए। शवको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक देखिएकाले उनको हत्या भएको स्थानीयले अनुमान गरेका छन्। घटनास्थल प्रहरी चौकीबाट अन्दाजी १ सय मिटरको दूरीमा रहेको तामाङले जानकारी दिए।

बिहीबार राति ११ बजेसम्म प्रहरी चौकीकै टेन्टमा सुतेका गोर्खा निवासी असई गुरुङलाई बाहिर बोलाई हत्या गरिएको आशंका गरिएको छ। प्रहरी चौकी नजिकै प्रहरीकै रहस्यमय हत्या भएपछि दार्खाबासी आतंकित बनेका छन्। घटनापछि जिल्ला प्रहरी कार्यालय धादिङबाट डीएसपी दीपेन्द्र पन्जियारको नेतृत्वमा घटनाको अनुसन्धानको लागि थप सुरक्षाकर्मी दार्खा परिचालन भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ। घटनास्थलभन्दा केही पर निज गुरुङले लगाएको चप्पल, छाता र टर्चलाइट फेला परेको र उक्त ठाउँको मकैबारी माडिएको फेला परेको स्थानीयले बताएका छन्।

दार्खा प्रहरी चौकीमा प्रहरी नायव निरीक्षक (सई) को कमाण्डमा प्रहरी बस्ने भए पनि घटना हुनुअघि मृतक गुरुङलाई निमित्त चौकी प्रमुखको जिम्मेवारी दिएर चौकी प्रमुख घर बिदामा बसेको बताइएको छ। घटनापछि विदामा गएका चौकी प्रमुखलाई पनि बोलाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।
‘विहीबार सहकर्मीहरु संगै खाना खाएर प्रहरी चौकी भित्रै सुतेका गुरुङ शुक्रबार बिहान चौकी नजिकैको मकैबारीमा मृत फेला परेको जानकारी पाएपछि हामी घटनास्थल तर्फ गएका छौँ,’ डीएसपी पन्जियारले भने। घटनास्थल दार्खा प्रहरी चौकी सदरमुकामदेखि ४० किलोमिटर टाढा रहे पनि वर्षातका कारण ग्रामीण सडक चल्न नसक्दा यातायातका साधन बन्द जस्तै छन्। घटनास्थल पुग्न सदरमुकाम धादिङवेशीबाट १ दिन पैदल हिड्नुपर्ने हुन्छ । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण पूर्ण रुपमा प्रहरी चौकी भत्किएपछि त्यहाँ टेन्टबाटै चौकी संचालन भइरहेको छ। मृतक गुरुङ गत चैत महिनादेखि दार्खामै कार्यरत थिए।

विगत ४ वर्षअघि दार्खा लगायत उत्तरी धादिङमा शृङ्खलाबद्ध हत्याका घटना हुने गरेको भए पनि हत्या गरेर फरार रहेकालाई नेपाल प्रहरीले मिसन टोली नै खटाई प्रक्राउ गर्न थालेपछि उक्त क्षेत्रमा शान्ति छाएको थियो।
गत बैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनका बेला पनि निकै नै संवेदनशिल मानिएको उत्तरी धादिङमा कुनै पनि घटना घटेको थिएन। तर अहिले नागरिकको सुरक्षाका लागि खटिएका प्रहरीको नै प्रहरी चौकी नजिकै हत्या भएपछि यतिबेला दार्खाबासी आतंकित भएका छन्।

आजको अन्नपूर्ण पोस्टमा खबर छ।

The post राति ११ बजेसम्म चौकीमै सुतेका असईको मकै बारीमा लगेर हत्या.. appeared first on Daleema News.

No comments:

Post a Comment