खाडी देशको प्रतिबन्धको ५० दिन पूराः किन खुसी छन् कतारवासी ? - KTV Khabar

Breaking

खाडी देशको प्रतिबन्धको ५० दिन पूराः किन खुसी छन् कतारवासी ?

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

बीबीसी

कतारमाथि अरब देशको प्रतिबन्धको ५० दिन पूरा भइसकेको छ ।

५ जूनमा साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्स (यूएई) ले कतारमाथि चरमपन्थी संगठनलाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध तोडेको थियो ।

.
त्यति बेलादेखि थुप्रै पटक टुटेको यो सम्बन्धलाई जोड्ने कोसिस भयो तर स्थितीमा परिवर्तन भएन । यद्यपी, कतारलाई छिमेकी देशले उनको विदेश नीतिको विषयमा असन्तुष्टि व्यक्त गरेको यो पहिलो घटना भने होइन ।

.

अबर देशले प्रतिबन्धको ५० दिन पूरा भएकाबारे सोसल मिडियामा पनि चर्चा गरेका छन् । कतारमा #FiftyDaysSinceTheSiege टप ट्रेन्डमा छ ।

.

कतारका मानिसहरु खाडी देशको प्रतिबन्धको विषयमा सकारात्मक र एकजुट भएकोमा खुसी व्यक्ति गरिरहेका छन् ।

.

पढ्नुहोस् ५० दिन पूरा भएकोमा के भनिरहेका छन् कतारवासी ?

.

बिन जासिम लेख्छन्, ‘कतारका मानिसहरुले आफ्नो देशका लागि इमान्दारीता र प्रेम दर्साउँदै गज्जबको उदाहरण कायम गरेको छ ।’

.

@WoLFAlkuwari ह्याण्डलबाट लेखिएको छ, ‘घृणा गर्ने मानिसहरु हामीसँग रिसाउँदै गर्छन् किनभने उनीहरु हामीजस्तो हुन सक्दैनन् । ’

.
सारा लेख्छिन्, ‘प्रतिबन्धको ५० दिन पूरा भइसकेको छ र कतार अहिले पनि बलियोसँग उभिएको छ ।’

@iineeyy को तर्फबाट लेखिएको छ, ‘हामी आफ्नो देशका लागि जेसुकै सँग लड्न सक्छौं । किनभने यस्तो देश जसको हामी बचाउ गर्न सक्दैनौं, हामीलाई त्यहाँ बस्न कुनै अधिकार छैन ।’

.

नूर लेख्छन्, ‘हामी कतारका हौं र यसमा हामीलाई गर्व छ । जो पनि कतारसँग उभिएका छन्, हामीलाई उनीमाथि गर्व छ ।’

@alhajri1101 लेख्छन्, ‘कतारको इतिहासमा पहिलो पटक हामीले लगातार ५० दिनसम्म आफ्नो राष्ट्रिय दिवस मनायौं ।’

The post खाडी देशको प्रतिबन्धको ५० दिन पूराः किन खुसी छन् कतारवासी ? appeared first on Daleema News.

No comments:

Post a Comment