एजेन्सी । वैज्ञानिकहरुले पुरुषमा प्रजनन क्षमतामा अहिले देखिएको गिरावट कायमै रहने हो भने पुरुषहरुको अस्तित्व नै संकटमा पर्ने बताएका छन् ।
झण्डै २ सय पटक गरिएको अध्ययनको नतिजापछि बैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । अनुसन्धानकर्ताका अनुसार उत्तर अमेरीका, यूरोप, अष्ट्रेलिया र न्यूजिल्यान्डका पुरुषमा ४० बर्षमा शुक्राणुको सँख्या घटेर आधा भएको छ ।
अनुसन्धानपछिको यो परिणाम दर अहिलेसम्मकै ठूलो हो । अनुसन्धानका क्रममा सन् १९७३ देखि २०११ वीच गरिएको १ सय ८५ वटा अध्ययनको नतिजालाई संलग्न गरिएको थियो । अनुसन्धानको नेतृत्व गरेका डा. हगाई लेविनले अनुसन्धानको नतिजाले आफूलाई चिन्तित बनाएको बताएका छन् ।
उनले अहिलेकै रफ्तार जारी रहे मानवजाति लुप्त हुनसक्ने बताए । उनल भने ‘यदि हामीले आफ्नो बाँच्ने तरीका परिवर्तन नगरे भविष्यमा जे पनि हुन सक्नछ, त्यस विषयलाई लिएर म चिन्तित छु ।’
उत्तर अमेरीका, यूरोप, अष्ट्रेलिया र न्यूजील्यान्डका पुरुषमा केन्द्रीत रहेर यो अनुसन्धान गरिएको र दक्षिण अमेरिका, एशिया र अफ्रिकामा यस्तो कुनै गिरावट नदेखिएको डा. लेविनले बताएको बिबिसीले जनाएको छ ।
मानिसको प्रजनन प्रकृयाबारे आएको यो प्रतिवेदनमा केही विशेषज्ञहरुले भने शंका व्यक्त गरेका छन् ।
The post वैज्ञानिक अनुसन्धानको खतरनाक नतिजा !….यहि अवस्था रहे पुरुषको अस्तित्व नै संकटमा ! appeared first on Daleema News.
No comments:
Post a Comment