फेसबुकमा ‘समाप्त’ लेखेर मध्य रातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या ! उनका श्रीमती र दुइ छोराहरु छन - KTV Khabar

Breaking

फेसबुकमा ‘समाप्त’ लेखेर मध्य रातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या ! उनका श्रीमती र दुइ छोराहरु छन

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

उदयपुर, १२ साउन | फेसबुकमा समाप्त…. लेखेर एक युवकले आत्महत्या गरेका छन |

उनि हुन् त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ बर्षिय सुशील कोइराला | उनले बिहिबार मध्यराति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक ‘समाप्त’ शब्द लेखेर त्यस पछी गलामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराए ।

प्राय जसो उनको फेसबुकमा पीडादायी र निराशाजनक शब्दले भरिएका साहित्यीक वाक्यहरु लेख्दै आएका थिए | प्रहरीका अनुसार कोईराला मानसिक तनाबमा रहेको जस्तो देखिएको छ | प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।

केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका शुसिल पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेका उनले त्यहि रात आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।

जव श्रीमती विहिबार विहान करिब १० बजे तिर घर आईपुगिन कोठा बन्द थियो | त्यसपछी श्रीमतीले छिमेकीको साहायतामा ढोका खोल्दा श्रीमान झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

उनको शव आजै दिउसो पोष्टमार्टम पछि परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

कोइरालाले बुधबार राति १० बजेर १० मिनेटको समयमा फेसबुकमा लगालग ३ ओटा पोस्ट गरेका थिए , ति सबैमा पिडा थियो, बिछोडको बेदना थियो |

बुधबार राती करिब १२ बजेर ४५ मिनेट जादा उनले यस्तो पोस्ट गरेका थिए :

‘ए रात आईज न ल
निल्न मलाई
उनको सपना बोकी
चिल्न मलाई
अब तँ मात्र मरो हो
भर छैन कसैको
खुलेर कराउँछु म त
डर छैन कसैको
खुसी र हाँसो के हो
कालो मात्र देख्छु
मर्नु पर्ने हुलमा आफ्नै
पालो मात्र देख्छु
ए रात भन्देन मलाई
मर्ने कसरी सहज
डुब्नै लागेँ आँसुमा अब
तर्ने कसरी सहज
सास त भाग्यले खायो
छाती पिरले
मुटु मा प्वाल पार्छ याद
राती तिरले
भत्केको घर भो सरिर
छोडेर गए सब
दुखी छस तँ भन्दै नाता
तोडेर गए सब
ए रात भन्देन मलाई
गरूँ के अब
तँ पनी चुप लागी बस्दा
मरूँ के अब …….?’

त्यसको ३ मिनेट पछी नै यस्तो पोस्ट गरेका थिए :

‘समय र भाग्यको यो
खेल कस्तो हो
मलाई मात्र पिडा दिने
झेल कस्तो हो
नग्न बनाई बजार मा
छर्नु पर्ने किन
सरिर हैन आत्मा बेची
मर्नु पर्ने किन
हिजो मेरो आफ्नो हुने
आज भागेछ
सायद मेरो साथले उस्लाई
लाज लागेछ
मात्र मैले उस्को साथ
खोजेको थिएँ
मेरो दुख बुझ्छ भन्दै
रोजेको थिएँ
तर आज मलाई छोडी
अन्त गयो की
मलाई जिम्दो लास बनाई
जन्त गयो की
खाडल भित्र मलाई पारी
भागी गयो उ
मेरो मनमा आफ्नो फोटो
दागी गयो उ
के हो दैब ? तेरो लेखाई
रैछस पापी तँ
मेरो जिवन बर्बाद पार्ने
भैछस पापी तँ …..’

त्यस पछी त्यसको २ मिनटको अन्तर मै “अलक्षिना” शिर्षकमा यस्तो पोस्ट गरेका थिए, जुन कसैलाई इसारा गरेर लेखिएको देखिन्छ :

“मैले गर्दा र म उ सँग नजिक हुँदा उस्लाई नराम्रो हुने रहेछ । जब जब म उ सँग नजिक भएँ तब तब उ कुनै न कुनै भुमरीमा फस्न थाल्यो । हिजो थाहा पाएँ मैले , म उ बाट टाडै बसेको राम्रो भन्ने कुरा ।

म र मेरो यादहरूले सायद उस्लाई कुनै भुमरीमा पो फसाउँछ की ? मेरो सरिर त उ बाट टाडै राखुँला , तर के मेरो मन उ बाट टाडा राख्न सक्छु होला र ..?

जन्मेको दिन र बार अनी समय त राम्रै थियो मेरो । तर म किन उस्को लागी अलक्षिना बन्न पुगेँ ….. के म सचै नै अलक्षिना हो ।”

यि सबै पिडादायी पोस्ट गरे पछी करिब ३० मिनेट पछाडी उनले अन्तिम पोस्ट ‘समाप्त…….’ लेखेर यो संसार त्यागेका थिए |

(फोटो : सुशील कोइरालाको फेसबुक प्रोफाइलबाट)

The post फेसबुकमा ‘समाप्त’ लेखेर मध्य रातमा २१ वर्षीय युवकले गरे रहस्यमय ढंगले आत्महत्या ! उनका श्रीमती र दुइ छोराहरु छन appeared first on Daleema News.

No comments:

Post a Comment