कसका कारण आत्महत्याको प्रयास गरेकी थिइन् ऐश्वर्याले - KTV Khabar

Breaking

कसका कारण आत्महत्याको प्रयास गरेकी थिइन् ऐश्वर्याले

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

बलिउड–सुन्दा अचम्म लाग्न सक्छ । तर, एक मिडिया रिपोर्टका अनुसार ऐश्वर्या राय बच्चनले आत्महत्या गर्न खाजेको रिपोर्ट बाहिर ल्याएको थियो ।
पाल्र्हो अनलाइन मिडियाका अनुसार करन जोहरको फिल्म ऐ दिल हे मुस्किलमा दिएको बोल्ड सिनका कारण बच्चन परिवार र ऐश्वर्याको सम्बन्ध निकै बिग्रिएको थियो । फिल्म रिलिज हुनुपुर्व पनि ऐश्वर्यालाई लिएर विभिन्न कन्ट्रोभर्सीहरु बाहिर आएका थिए ।

मिडिया रिपोर्टका अनुसार ऐश्वर्या राय र जया बच्चनबीच फिल्ममा दिएका सिनहरु तथा फोटोसुटलाई लिएर ठुलै विवाद परेको थियो । यस विषयलाई लिएर जयाले छोरा अभिषेक बच्चनलाई पनि गाली गर्ने काम गरेकी थिइन् ।
केही मिडिया रिपोर्टका अनुसार परिवारमा बढ्दो विवाद र असझदारीबाट वाक्क भएकी ऐश्वर्याले आत्महत्या गर्ने प्रयास गरेकी थिइन् ।

उनी हस्पिटल समेत भर्ना भएको रिपोर्टमा उल्लेख छ । केही रिपोर्टका अनुसार जब रणविर सिंहसँग बोल्ड फोटोसुट गरिन् तबदेखि नै परिवारमा विवाद चुलिएको थियो ।
एक अन्तर्वार्तामा जयाले ऐश्वर्यालाई निशानामा राख्दै ‘लाज भन्ने चीज पनि केही हुन्छ’ भनेकी थिइन् ।
फिल्म ऐ दिल हे मुस्किलले बक्स अफिसमा सानदार कमाइ गरेको थियो ।

नेपालीपत्रबाट

The post कसका कारण आत्महत्याको प्रयास गरेकी थिइन् ऐश्वर्याले appeared first on Daleema News.

No comments:

Post a Comment