६ महिना पछी मर्दै गरेको बावुलाई कलेजो काटेर दिने छोरीको ब्यथा, बाबु आमा खुसी भए त्यहि मेरो लागी जीवन हो : महान छोरी सरिता महर्जन(भिडियो सहित) - KTV Khabar

Breaking

६ महिना पछी मर्दै गरेको बावुलाई कलेजो काटेर दिने छोरीको ब्यथा, बाबु आमा खुसी भए त्यहि मेरो लागी जीवन हो : महान छोरी सरिता महर्जन(भिडियो सहित)

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

काठमाण्डौ,साउन ११ |सन्तानका लागी बाबुआमा महान हुन् भने बाबुआमाको लागी सन्तान आफ्नो प्राण भन्दा नि प्यारो हुन्छन् |आमा बुबा प्रतिको दुधको दश धाराको ठुलो ऋण चुक्ता गर्न आफ्नो आमा बुबा प्रति छोराछोरीको कर्तव्य निर्वाह गर्ने एउटा उदाहरण बनिन् काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जन | जसले ६ महिना पछी मर्दै गरेको आफ्नै बाबुलाई आफु अविवाहित रहेर पनि आफ्नो मुटु काटेर दिइन् र यो संसारमा ठुलो जीवन दिईन् | मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा पनि कलेजाका टुक्रा हुन् भन्ने भनाइलाई चरितार्थ पार्नुभएको हो ।

कलेजो प्रत्यारोपणपछि हीराकाजीले भन्नुभयो, “मैले जीवनको आशा मारिसकेको थिएँ, अब बाँच्दिन भन्ने लागेको थियो, तर छोरीले आफ्नै कलेजो काटेर दिन तयार भइन्, त्यसैले मैले नयाँ जीवन पाएँ, अहिले निकै खुसी भएर घर फर्कंदैछु ।”विसं २०७२ वैशाखको महाभूकम्पले घर चर्कायो, त्रास बढायो, त्यसपछि मदिरा पिउने बानी लागेकै कारण कलेजो खराब भएको बताउँदै उहाँ भन्नुहुन्छ, “भूकम्पको डरले पिउने बानी लगायो, त्यसैले कलेजो सिध्यायो, अब कसैलाई रक्सी नखाने सल्लाह दिन्छु म ।”

६ महिना पछी मर्दै गरेको बावुलाई कलेजो काटेर दिने छोरीको ब्यथा : हेर्नुहोस् यी महान छोरीको मन छुने भिडियो

The post ६ महिना पछी मर्दै गरेको बावुलाई कलेजो काटेर दिने छोरीको ब्यथा, बाबु आमा खुसी भए त्यहि मेरो लागी जीवन हो : महान छोरी सरिता महर्जन(भिडियो सहित) appeared first on Daleema News.

No comments:

Post a Comment