अनुहारमा चमक ल्याउन अनि काटिएको घाउ निको पार्न अण्डाको बोक्रा यसरी प्रयोग गर्नुस - KTV Khabar

Breaking

अनुहारमा चमक ल्याउन अनि काटिएको घाउ निको पार्न अण्डाको बोक्रा यसरी प्रयोग गर्नुस

;

अण्डाको हरेक भागलाई प्रयोगमा ल्याउन सकिन्छ । तपाईका लागि उपयोगि अण्डाबारे टिप्स जान्नुहोस्।
१, अण्डाको बोक्रालाई पिसेर पाउडर बनाउँनुहोस । यस पाउँडरलाई जाडो मौसममा फेस प्याक बनाएर लगाउनुहोस तपाईको छालालाई नरम र चम्किलो बनाउँछ ।
२, शरीरको कुनै पनि भाग वा अंग काटिएको छ भने उमालिएको अण्डाको झिल्लीलाई काटिएको घाउमा टास्नुहोस, यसमा भएको न्यूट्रिसिएट्सले फाइदा पुर्याउँछ ।
३, सब्जि तथा फलफूललाई किरा लाग्नबाट बचाउन अण्डाको बोक्रालाई टुक्र्याएर नजिकै राख्नुहोस । यसले सधै किरा लाग्नबाट बचाउँछ ।
४, त्यस्तै, घरमा मुसाको बिगबिगी छ भने मुसाको बाटोमा अण्डाको बोक्रालाई टुक्राएर राख्नुहोस, मुसा आउन छोड्छ ।
५, फोहोर तथा कालो भाडा–कुडालाई साबुन–पानीमा अण्डाको बोक्राको पाउडर मिसाएर मस्काउनुहोस् वा हल्लाउनुहोस् । तपाईको भाडा सफा र चम्किलो हुन्छ ।
६, अण्डाको बोक्राले अनुहारको चमक बढाउँन पनि काम गर्छ । अण्डाको पाउडरमा घिउकुमारीको जेल मिसाएर पेस्ट तयार पार्नुहोस् र अनुहारमा लगाउँनुहोस् । १०देखि १५ मिनेटपछि अनुहार धुनुहोस् । तपाईको अनुहार चम्किलो हुन्छ ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

The post अनुहारमा चमक ल्याउन अनि काटिएको घाउ निको पार्न अण्डाको बोक्रा यसरी प्रयोग गर्नुस appeared first on News Fetch.

No comments:

Post a Comment