यी हुन् २०१७ मा सफल ‘कमब्याक’ गरेका बलिउड नायिकाहरु…. - KTV Khabar

Breaking

यी हुन् २०१७ मा सफल ‘कमब्याक’ गरेका बलिउड नायिकाहरु….

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

बलिउड फिल्म इन्डस्ट्रीमा ९० को दशकको अघिपछि एकछत्र राज गरेका अभिनेतृहरुको करियरमा एकाएक ब्रेक लाग्यो । उनीहरुको पारिवारिक जिम्मेवारी तथा नयाँहरुको आगमनपछि उनीहरु एकाएक हराए । छिटफुट रुपमा आउनेहरुको पनि सन्तोषजनक कमब्याक रहेन । तर २०१७ उनीहरुका लागि सफल वर्ष रह्यो । २०१७ ले उनीहरुको कमब्याकलाई यादगर बनाउँदै छ ।

मनिषा कोईराला
२०१७ मै ‘डियर माया’ बाट कमब्याक गरेकी नेपाली चेली मनिषा कोईरालाको फिल्मले बक्स अफिसमा राम्रै व्यापार ग¥यो । यसको घाटा नाफा भन्दापनि त्यसमा मनिषाको अभिनयलाई लिएर ठूलो चर्चा भयो ।
फिल्ममा राखिएका एक, दुई सिन अलि असहज लाग्दा भएपनि महिलाप्रधान र आम रुपमा उठाइने लभस्टोरी भन्दा फरक खालेको कथाबस्तु हुनाले यसलाई फिचर फिल्मको रुपमा हेरियो । ‘डियर माया’ बाट बलिउडमा मनिषाको कमब्याकलाई निकै आशाका साथ हेरिएको छ ।

रविना टन्डन
यस्तै अर्को २०१७ मै कमब्याक भएकी अभिनेतृ हुन रविना टन्डन । रविनाले ‘मातृ र शव’ भन्ने फिल्मबाट कमब्यक गरेकी छन् । दुवै फिल्ममा उनको अभिनयले पनि राम्रै चर्चा पायो ।

श्रीदेवी
अहिले चल्दै गरेको अर्को फिल्म हो ‘माँ’ । अभिनेतृ श्रीदेवीको बेजोड अभिनय रहेको माँले बक्स अपिलसमा राम्रो व्यापार गर्दै छ । सन् ९० को दशकबाट उनको करियरमा लागेको ब्रेक २०१७ मा आएर इन्डस्ट्रीकी ‘बमब्याक क्वीन’ बनेकी छन् ।

नयाँ पत्रिकाबाट

The post यी हुन् २०१७ मा सफल ‘कमब्याक’ गरेका बलिउड नायिकाहरु…. appeared first on Daleema News.

No comments:

Post a Comment