ऋणबाट बच्न चिनियाँ महिलाले यतिसम्म गरिन् - KTV Khabar

Breaking

ऋणबाट बच्न चिनियाँ महिलाले यतिसम्म गरिन्

;

 

एजेन्सी । मानिसहरु ऋण तिर्नबाट बच्नका लागि कि गोप्य ठाउँमा लुक्छन् कि त देश नै छोडेर भाग्छन् । तर, चीनको सांघाईको वुहान शहरमा चिनियाँ महिला प्रहरीबाट बच्नका लागि अनुहारमा प्लास्टिक सर्जरी गराएकी छन् । महिलामाथि लगभग साँढे दुई करोडको ऋण थियो ।

एक स्थानीय अदालतले महिलालाई ऋण चुक्ता गर्न आदेश दिएको थियो । त्यसपछि उनी आफ्नो शहर छोडेर शेंजेन भागिन् । जब उनी प्रहरीद्वारा पक्राउ परिन्, त्यसबेला प्रहरीसमेत चकित परे । प्रहरीका अनुसार ५२ वर्षीया महिला ३० वर्षकी जस्तै देखिएकी थिइन् । उनी पुरा रुपमा फरक देखिएकी थिइन् । महिलाको पहिचान हू नाजुआनको रुपमा भएको थियो, जो अन्य मानिस बनेर रेलमा देशभर यात्रा गरिरहिन् ।
चीनमा ठूलो संख्यामा मानिसहरुले बैंकको ऋण चुक्ता गर्न सकेका छैनन् ।

The post ऋणबाट बच्न चिनियाँ महिलाले यतिसम्म गरिन् appeared first on Daleema News.

No comments:

Post a Comment