आलु चिप्सको बट्टा खोल्दा किंग कोब्रा निस्किएपछि… - KTV Khabar

Breaking

आलु चिप्सको बट्टा खोल्दा किंग कोब्रा निस्किएपछि…

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

एजेन्सी। अमेरिकाको लस एन्जल्सको बन्दरगाहका सुरक्षाकर्मीले आलु चिप्सका बट्टाहरुमा जिउँदै किंग कोब्रा राखेर ल्याइएको भेटेपछि आश्चर्यचकित भएका छन् । यसरी खतरनाक जीवको तस्करी किन गरिएको हो भन्ने विषयमा समेत अहिलेसम्म केही पत्ता लागेको छैन । ती सामान ल्याउने व्यक्तिलाई तस्करीको अभियोगमा मुद्दा अगाडि बढाइएको छ ।

आलु चिप्सका साना साना क्यानहरुमा जिउँदै किंग कोब्रा राखेर ल्याइएको थियो । यस्तै तीनवटा एल्बिनो कछुवा पनि बरामद भएका छन् । रोड्रिगो फ्रैंको नामका ती व्यक्तिले ल्याएका दुर्लभ जनावर प्रहरीले जफत गरेको छ । यी जीव भेटिएपछि ल्याउने व्यक्तिको घरमा छापा मार्दा त्यहाँ कैयौं प्रजातिका कछुवा, घडियाल र गोही पनि भेटिएका छन् । यी सबैको किनबेच गर्नु अमेरिकाको कानुनअनुसार गैरकानुनी भएकोले उनीबिरुद्ध कानुरी कारवाही अगाडि बढाइएको छ ।

The post आलु चिप्सको बट्टा खोल्दा किंग कोब्रा निस्किएपछि… appeared first on Daleema News.

No comments:

Post a Comment