नागपञ्चमीपछि सर्पहरूको हालत कस्तो हुन्छ ? - KTV Khabar

Breaking

नागपञ्चमीपछि सर्पहरूको हालत कस्तो हुन्छ ?

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

 

काठमाडौं, १३ साउन — आज नागपञ्चमीको पर्व मनाइरहिएको छ । बिहानै नागदेवताको पूजा गरेर नागको फोटो घरमा टाँसिएको छ । कतैकतै सर्पलाई दूध पनि पिलाइएको छ ।

विषालु सर्पमाथि आजको दिनमा त फूलमाला चढाइरहेका छन् मानिसहरूले । तर नागपञ्चमीको भोलिपल्टदेखि सर्पहरूको हालत के हुन्छ, सोच्नुभएको छ तपाईंले ?

त्यसो त नागपञ्चमीकै दिन पनि सर्पहरूप्रति क्रूरता देखाइन्छ । त्यस दिन सपेराहरू राक्षस बनेर प्रस्तुत हुन्छन् ।
उनीहरू जंगलबाट साँप पक्रेर ल्याउँछन् । विषालु सर्पको दाँत उनीहरूले भाँचिदिन्छन् ।

यसले गर्दा साँपहरूको मुख घाइते भएर रगतपच्छे हुन्छ । साँप यसै पनि दूध खासै पिउँदैन । त्यसमाथि सपेराहरूले दाँत भाँचिदिएकाले नागपञ्चमीका दिन बिचरो सर्पले दूध पिउन सक्ने स्थिति पनि हुँदैन ।
यसरी दाँत भाँचिएका सर्पहरू केही दिनमै भोकप्यासले तड्पिएर पनि मर्छन् ।

खासमा साँपले दूध पिउन मन नगरेपनि सपेराहरू त्यो दूध आफैं पिउनका लागि दूध चढाउन लगाउँछन् ।
अन्य व्यक्तिहरू पनि नागपञ्चमीमा सर्पको पूजा गरेपनि अरू दिन चाहिँ देख्नेबित्तिकै लट्ठीले हानेर मारिदिन्छन् ।

एजेन्सी

The post नागपञ्चमीपछि सर्पहरूको हालत कस्तो हुन्छ ? appeared first on Daleema News.

No comments:

Post a Comment