दोस्रो विश्वयुद्धताका आफ्नै फार्महाउसबाट हराएको एक स्विस जोडी ७५ वर्षपछि हिउँले पुरिएको अवस्थामा मृत फेला परेका छन् । सन् १९४२ मा मार्सेलिन र फ्रान्सिन डुमोलिन आफ्नै फार्म हाउसमा दुध दुहुन गएपनि कहिल्यै फर्केनन् ।
एक जना कामदारले गत हप्ता काम गर्दै गर्दा ती दुई दम्पतीको शव फेला पारेका थिए । एल्पस पर्वतको एउटा हिमनदीमा ती दुईको शव भेटिएको हो । ती दम्पतीका ७ छोराछोरीले आफ्ना बावुआमा पाउने आशा कहिल्यै मारेका थिएनन् । सबैभन्दा कान्छी छोरी अहिले आफै ७९ वर्षकी भएकी छन् । उनले आफ्ना बावुआमाको अन्तिम संस्कार गर्ने तयारीमा रहेको स्विस सञ्चार माध्यमलाई बताएकी छन् ।
‘हामीले उहाँहरुलाई खोज्दैमा हाम्रो जीवन बितायौँ,’ मार्सेलिन उड्री डुमोलिनले ले मटिन पत्रिकासँग भनिन् । ‘७५ वर्षपछि यो समाचार पर्खिरहेका थियौँ र यसले मलाई महसुस भएको छ,’ उनले भनिन् ।
प्रहरीका अनुसार केही दिनमै शवको डिएनए परीक्षण गरेर परिवारलाई जिम्मा दिने बताएको छ । उड्री डुमोलिनका अनुसार उनकी आमा शिक्षक थिइन्, बुवा जुत्ता बनाउने गर्दथे । उनले आफ्नी आमा धेरै समय सुत्केरी अवस्थामै रहेकोले त्यस्तो हिउँले भरिएको पर्वतमा जाने नगरेको बताइन् ।
आफ्ना आमाबुवा हराएको दुई महिनापछि उड्री र उनका दाज दिदीहरुलाई आफन्तले पालेको थियो । एल्पस पर्वतमा चढ्न गएका धेरै पवर्तारोहीहरु हराइरहेको र जलवायु परिवर्तनसँगै हिउँ पग्लिन थालेपछि शवहरु भेटिन थालेका छन् ।



The post ७५ वर्षअघि हराएको जोडी हिउँमुनि पुरिएको अवस्थामा भेटिए appeared first on News Fetch.
No comments:
Post a Comment