नाङगै सुत्नुस । फाईदा लिनुस । - KTV Khabar

Breaking

नाङगै सुत्नुस । फाईदा लिनुस ।

;

नेपाली समाजमा नाङ्गोपनालाई नकारात्मक अर्थमा लिईन्छ । तर नाङ्गो भएर सुत्दा धेरै फाईदा हुने विज्ञानले प्रमाणित गरेको छ ।आउनुस पढौ नाङ्गो भएर हुने फाईदाहरु:-
१. पार्टनरसंग नाङगै सुत्दा छालाको प्रत्यक्षसम्पर्कले अक्सिटोसिन हर्मोन निस्कन्छ । बन्डिङ हर्मोन पनि भनिने यसले मानिसमा खुशीको मात्रा बढाइदिनुका साथै तनाव र उच्च रक्तचापलाई घटाउन मद्दत गर्छ
२. नाङगै सुत्दा ढुसीको संक्रमण पनि घटाउँछ । महिलाहरुको यौनांगमा हावाको प्रवेशले संक्रमण हुन दिँदैंन र यौनांग क्षेत्र सुख्खा हुन पाउँछ । तर, सधैंभरि भित्री वस्त्रमात्रै लगाउँदा तातो र आद्र्र अवस्थाका कारण ढुसीले बढ्ने अवसर पाउँछ ।
३. सुत्दा कपडा लगाउनुको अर्थ हो, शरीरलाई तातो बनाइराख्नु । तर, यसले ग्रोथ हर्मोनलाई अवरुद्ध पार्छ । यो हर्मोनले बोन डेन्सिटीलाई बढाउँछ, मुटुको रोग र मधुमेह लाग्ने खतरा कम गर्छ र कोषलाई मर्मत गर्छ । यसका साथै मांसपेशीको निर्माण गर्नुका साथै आन्तरिक अंगहरुलाई वृद्धि गर्न मद्दत गर्छ । रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै यसले स्वस्थ तौल निर्माणमा सहयोग गर्छ ।
४. यौनको वातावरणलाई बढाउँछ र शरीरमा अक्सिटोसिन हर्मोन उत्सर्जनलाई वृद्धि गर्छ ।
५. रातीको समयमा शरीर शान्त र शितल भएपछि कोर्टिसोल हर्मोनको मात्रा घट्छ । जब हामी अलिकता सुत्छौं, उठ्दा कोर्टिसोलको मात्रा उच्च हुन्छ । यसले मानिसमा भोक जगाउँछ । यसले मानिसको तौल बढाउन पनि मद्दत गर्छ ।
६. जब शरीरलाई ६८ देखि ७० डिग्रीको तापक्रममा राखिन्छ, एन्टिएजिङ हर्मोन, ग्रोथ हर्मोन र मेलाटोनिनले राम्रोसंग काम गर्छन् ।
७. नाङगै सुत्दा व्यक्तिले आफ्नो शरीर सहज भएको अनुभव गर्छ, जसले उसलाई खुशी पनि बनाउँछ । त्यसैले सुत्दा ब्रा, अण्डरवेयरको चिन्ता नगर्नुहोस् ।
८. नाङगै सुत्नाले छालाले श्वास फेर्ने मौका पाउँछ । दिउँसोको समयमा छाला कपडाले छोपिएको हुन्छ ।
तर, नांगै सुत्नाले छालामार्फत् शरीरमा हावा प्रवेश गर्न सक्छ । यसले छालाको रोग लाग्ने सम्भावनालाई घटाउँछ । त्यसैले नाङगै सुत्दा कस्तो हुँदोरहेछ भनेर आजै अनुभव लिइहाल्नोस् ।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

The post नाङगै सुत्नुस । फाईदा लिनुस । appeared first on News Fetch.

No comments:

Post a Comment