;
काठमाडौं- नेपाली मोडल आदिती बुढाथोकीले भारतीय म्युजिक भिडियोमा अभिनय गरेकी छन्। र्यापर रफ्तार र मनिन्दर बुट्टरको ‘गल गोरिए’ बोलको म्युजिक भिडियोमा उनले मोडलिङ गरेकी हुन्।
जी म्युजिक कम्पनीको औपचारिक च्यानलमार्फत सार्वजनिक भएको उक्त भिडियोलाई ३७ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्। म्युजिक भिडियोलाई जी म्युजिक कम्पनी र अंकित खन्ना प्रोजेक्ट्सले संयुक्त निर्माण गरेको हुन्। अरविन्द खैराले निर्देशन गरेको भिडियोमा मोडल बुढाथोकी डान्स गर्दै देखिएकी छन्।
बलिउडमा करियर बनाउन संघर्षशील मोडल बुढाथोकीले यसअघि विभिन्न विज्ञापनहरुमा समेत काम गरिसकेकी छन्।

The post भारतीय म्युजिक भिडियोमा नेपाली मोडल (भिडियोसहित) appeared first on Daleema News.

No comments:
Post a Comment