काठमाडौं, १२ साउन । तपाईले यस्तो सजाय कहिले सुन्नुभएको छ, बलात्कारको बदला बलात्कार नै हुन्छ । पक्कै छैन होला । तर, पाकिस्तानको पञ्जाव प्रान्तस्थित एउटा गाउँमा पञ्चायतको आदेश अनुसार बलात्कारको बदलामा बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार मुजफ्फरावादको राजपुर गाउँमा पञ्चायतको आदेश अनुसार एक १६ वर्षीय किशोरीलाई उनकै परिवारका सामू बलात्कार गरिएको हो ।
पीडित किशोरीका दाजुले केही अघि छिमेकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । सोही अपराधको बदलामा पञ्चायतले बदलास्वरुप बलात्कारीको बहिनीलाई बलात्कार गर्न आदेश दिएको बताइएको छ । आफ्नो बहिनीलाई बलात्कार गर्ने आरोपीकी बहिनीलाई बलात्कार गर्न पञ्चायतले आदेश दिएअनुसार पीडितको दाजुले परिवारकै सामू बलात्कार गरेको बताइएको छ ।
मुल्तान मण्डलका प्रहरी प्रमुख अहसान युनिसले १८ जुलाईमा भएको सो घटनाका बारेमा प्रहरीले हालसम्म २० जनालाई गिरफ्तार गरेको बताएका छन् । बलात्कारको आदेश दिने गाउँ पञ्चायतका प्रमुखसहित २० जनालाई गिरफ्तार गरिएको उनले बताए । पाकिस्तानका कयौं ग्रामिण इलाकामा पञ्चायतको आदेश पालना गर्ने प्रचलन छ । एजेन्सी

The post बलात्कारको बदला बलात्कार !बिचरा त्यो बलत्कारीको बहिनिको के दोश थियो र् ? appeared first on Daleema News.

No comments:
Post a Comment