रुपन्देही,साउन १२ | चीन र भारतबीच दोक्लाम सिमामा भएको विवादपछि भारतीय सुरक्षाकर्मीले नेपाली सिमा नाकामा कडाई गरेका छन्। नेपाली सिमा हुँदै चिनियाँहरु भारत छिर्न सक्ने संभावित त्रासका कारण भारतीयहरुले सिमाक्षेत्रमा कडाई गरेका हुन्। भारतको अर्धसैनिक दस्ता सशस्त्र सिमा बल (एसएसबी) ले रुपन्देहीको दसगजा क्षेत्र नाघेर नेपाली भूमिमै चेकजाँच गर्न थालेको छ। भारतीय सुरक्षाकर्मीले नेपालबाट भारत प्रवेश गर्ने सर्वसाधारण, नेपाली गाडीलाई बढी चासो दिएर खानतलासी गर्न थालेका छन्।
‘भारतीय प्रहरीले अनावश्यक रुपमा सोधपुछ गर्ने र खानतलासी गर्ने रहेछ,’ बुटवलबाट सुनौली बजारमा सामान किन्न गएका सबिन अधिकारीले भने,‘यसअघि एकदमै खुल्ला हुने सिमानाका अहिले एकदमै कडा पारिएको छ।’ भारतीय सुरक्षाकर्मीले चेकजाँचको निहुँमा नेपालतर्फको बेलहिया नाकानजिकै आएर खानतलासी गर्ने गरेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार दसगजा क्षेत्रमा कुनै पनि मुलुकको सुरक्षाकर्मीले प्रवेश गरेर खानतलासी गर्न पाउँदैनन्।

The post यो हो भारतीयको ज्यादती ,सारा नेपालीले हेर्नै पर्ने यो भिडियो ।। सक्दो शेयर गरेर सारा नेपालीलाई जगाउ appeared first on Daleema News.

No comments:
Post a Comment