के तपाइँको ओठ कालो छ ? यसरी गर्न सकिन्छ उपचार ! - KTV Khabar

Breaking

के तपाइँको ओठ कालो छ ? यसरी गर्न सकिन्छ उपचार !

;

काठमाडौं । विभिन्न अध्ययन तथा अनुसन्धानले देखाएको तथ्य अनुसार सबैभन्दा पहिले आँखा अनुहारमा पुग्छ । यो तथ्य थाहा भएर होस् या नभएरै हरेक व्यक्तीले अनुहार सफा तथा स्वस्थ्य होस भन्ने चाहना हुन्छ । ओठले अनुहारको निखार ल्याउने भएकाले पनि यसमा सबैको ध्यान गएको हो ।
अनुहारमा आउने परिवर्तनले मनोवैज्ञानिक असर गरिरहेको हुन्छ । त्यसमा पनि ओठ कालो भयो भने त्यसको तनाव ज्यक्तिको दैनिकीमा देखिन्छ ।
किन ओठ कालो हुन्छ ?
ओठमा आउने कालोपना जसले व्यक्तिको सुन्दरतालाई विगार्छ । ओठ निलो वा कालो देखिन्छ । यसले अनुहारको सोभा नै घटाउँछ । ओठ कालो हुनुलाई सामान्य रुपमा लिनु हुँदैन ।
हामी सबैले प्रयाः धुमपान तथा अन्य लागु औषध प्रयोग गर्नाले मात्र ओठ कालो हुन्छ भन्ने ठान्छौं । तर ओठ कालो हुने अन्य कारण पनि छन् । कोही व्यक्तिको जन्मजात ओठ कालो हुन्छ । कसैको वंशाणुगत हुन्छ । यदी जन्मजात ओठ कालो छ भने यसलाई सामान्य रुपमा लिए हुन्छ ।
तर, कस्मेटिक सामान प्रयोग गर्दा पनि ओठ कालो हुनसक्छ । सस्तो सामान प्रयोग गर्नाले पनि ओठ कालो हुन्छ । यूभी प्रोडक प्रयोग नगर्ने र चुरोट पिउनाले ओठ कालो हुन्छ । ओठ कोमल अंग हो । ओठमा तैलीय ग्रन्थि हुँदैन । ओठमा निरन्तर चिल्लोपन आवश्यक हुन्छ । यही चिल्लो पदार्थको अभावका कारण ओठ सुक्ने र फुट्छ । लामो समयसम्म सुक्खा भयो भने ओठ कालो हुँदै जान्छ । सुक्खा ओठमा मरेका कोषिकाहरू रहनु, सौन्दर्यका सामग्रीमा हुने केमिकलको असर तथा घामको किरणका कारण ओठ कालो हुन्छ ।
कसरी बच्ने ?
त्यसैले श्रृंगारका सामग्री प्रयोग गर्दा सकेसम्म गुणस्तरीय र आफ्नो शरीरलाई सुहाउने खालको मात्रै प्रयोग गर्नुपर्छ । कस्मेटिक सामग्री प्रयोग गर्दा ब्राण्डेड मात्र प्रयोग गर्ने । स्क्रवले मृत कोष हटाउनु पर्छ । काम गर्छ त्यसको प्रयोग गर्ने तथा चुरोट नखाने ।

* पानी धेरै पिउने । 
* गुलाफको फूल पिसेर ओठमा लगाउने । 
* गुलाफजलमा बेसनको लेप बनाएर लगाउने गर्नाले पनि कालो बनेको ओठलाई पुरानै अवस्थामा ल्याउन सकिन्छ । 
* चकुन्दरको टुक्राले ओठमा रगडेर एक घण्टा राखेर सफा गर्नुहोस् । यसो गर्दा ओठ गुलाबी हुन्छ । 
* घिउमा नुन मिसाएर राती सुत्नुभन्दा पहिले दैनिक ओठमा लगाउने गर्दा पनि ओठ गुलाबी हुन्छ । 
* चिनीमा कागतीको रस मिसाएर फ्रिजमा राखेर राती सुत्नुभन्दा पहिले ओठमा लगाउनाले पनि ओठ गुलाबी हुन्छ । 
* गुलाबको पत्तालाई पिसेर ओठमा लगाउँदा पनि ओठमा चमक आउँदा पनि ओठ गुलाबी हुन्छ । 
* महमा अलैची पाउडर मिलाएर ओठमा लगाउने गर्दा कालो ओठ गुलाबी हुन्छ । 
* आधा टुक्रा कागती मह र ब्राउन चिनीमा मिसाएर ओठमा लगाएर हल्कासँग मसाज गर्दा पनि कालो ओठ गुलाबी हुन्छ ।

(प्रनिशा अधिकारीले व्यटिसियन अम्बु रुचाल सँग गरेको कुराकानीमा आधारित- बाह्रखरी )

The post के तपाइँको ओठ कालो छ ? यसरी गर्न सकिन्छ उपचार ! appeared first on News Fetch.

No comments:

Post a Comment