छिटो धन कमाउन खोज्दा रोल्पाका जयप्रकाश बुढा काठमाडौंमा पक्राउ - KTV Khabar

Breaking

छिटो धन कमाउन खोज्दा रोल्पाका जयप्रकाश बुढा काठमाडौंमा पक्राउ

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

काठमाडौं, १२ साउन । रोल्पा जिल्ला घर भएका जयप्रकाश बुढा मगर पोर्चुगल रोजगारीका लागि पठाउँछु भन्दै ठगी धन्दामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

रोल्पा जिल्ला सुनछहारी गाउँपालिका वडा नं २ घर भई हाल काठमाडौंको टोखा नगरपालिका ११ गंगबुस्थितमा ‘गामा ट्राभल्स एण्ड टुर्स’ संचालन गरी बस्ने वर्ष ३२ को जयप्रकाश वुढा मगरलाई बुधबार गंगबुस्थित नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

जयप्रकाशले पोर्चुगल पठाई मासिक तलब असी हजार रुपैयाँ दिलाइ दिनेभन्दै बाह्र लाख रुपैयाँ संकलन गरेको प्रहरीले जनाएको छ । ठगीको उजुरी परेपछि जयप्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

एक युवासँग जयप्रकाशले रकम लिई दुवईमा २ महिना ३ दिनसम्म राखी दुवईबाट इराक पठाएको र इराकको एयरपोर्टमा नक्कली भिषा हो भनि फिर्ता पठाएपछि ठगीको रहस्य बाहिरिएको थियो ।

The post छिटो धन कमाउन खोज्दा रोल्पाका जयप्रकाश बुढा काठमाडौंमा पक्राउ appeared first on Daleema News.

No comments:

Post a Comment