अर्घाखाँची – दुवै मृगौला फेल भएका अर्घाखाँचीको मालारानीका २२ वर्षका पिताम्वर खनालको आर्थिक अभावले उपचारमा समस्या भएको छ । आर्थिक अभावले उपचार हुन नसकेपछि परिवारजनले सहयोगका लागि अपिल गरेका छन् ।
मालारानी गाउँपालिका–४ खन उपल्लाबढाचौरका पिताम्बरको दुईवटै मृगौला ड्यामेज भएपछि अहिले काठमाडौंको ग्रिन सिटी हस्पिटलमा डायलाइसिस उपचार भइरहेको छ । मृगौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल महाराजगञ्जमा केही समय लाग्ने साथै उपचारको लागि धरै रकम चाहिले भएकाले उहाँको परिवारले सहयोगको अपिल गरेका हुन् ।
सहयोग गर्न चाहनेले बिरामीकी आमा धनकला खनालको ग्लोबल आइएमइ बैंकमा रहेको खाता नम्बर ३५०७०१००१२८७४ मा आर्थिक सहयोग रकम जम्मा गर्न सक्ने बुवा पतिराम खनालले अनुरोध गर्नु भएको छ ।
The post दुवै मृगौला फेल भएका पिताम्वरको आर्थिक अभावले उपचारमा समस्या appeared first on News Fetch.
No comments:
Post a Comment