हवाईजहाजभन्दा पनि महंगो छ यो कुकुर, आखिर कस्तो छ ? (भिडियोमा हेर्नुहोला ) - KTV Khabar

Breaking

हवाईजहाजभन्दा पनि महंगो छ यो कुकुर, आखिर कस्तो छ ? (भिडियोमा हेर्नुहोला )

;

एजेन्सी । धेरै मानिसहरूलाई कुकुर पाल्ने सोख हुन्छ । कुनै कुकुर हजारौं रुपैयाँमा पाइन्छन् भने कुनै चाहिँ लाखौंमा ।तर कुकुरको मूल्यले एउटा हवाईजहाज नै किन्न सकिन्छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला ।यहाँ उल्लेख गरिएको कुकुरको मूल्य ४८ करोड रुपैयाँ छ । भारतको राजस्थानको जयपुरको दशहरा मैदानमा एउटा डग शो राखिएको थियो । त्यहाँ ४० प्रजातिका २०० भन्दा बढी कुकुरले भाग लिएका थिए । तर सबैको आँखा तिब्बती मास्टिफमा गड्यो ।

यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा २४ देखि ४८ करोड छ । यतिमा त ससानो हवाईजहाज नै किन्न सकिन्छ । डग शोमा करोडौं मूल्यको मास्टिफ दिल्लीबाट ल्याइएको थियो ।यो तिब्बती मास्टिफलाई पाल्न पनि महंगो छ । यसलाई चौबीसै घन्टा एसीको चिसो चाहिन्छ ।

The post हवाईजहाजभन्दा पनि महंगो छ यो कुकुर, आखिर कस्तो छ ? (भिडियोमा हेर्नुहोला ) appeared first on News Fetch.

No comments:

Post a Comment