१३ वर्षीया नातिनीको पेटमा हजुरबाको सात महिनाको गर्भ !! - KTV Khabar

Breaking

१३ वर्षीया नातिनीको पेटमा हजुरबाको सात महिनाको गर्भ !!

;

कैलाली ः सोच्नसमेत नसक्ने विषय कहिलेकाही चर्चामा हुन्छन् । कैलालीको टीकापुरमा हजुरबाले नातिनीको बलात्कार गरेको खुलासा भएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको एकतानगर मुक्तकमैया शिविरका ६५ वर्ष मानबहादुर चौधरी, आफ्नै १३ वर्षीया नातिनीलाई गर्भवती बनाएको आरोपमा पक्राउ परेका छन्।
बालिकाकी आमाले दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरले चौधरीलाई पक्राउ गरेको छ। कामका लागि बालिकाका बाबुआमा काठमाडौं गएका बेला हजुरबाले नातनीलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।
नातिनीसँग शारीरीक सम्बन्ध राखेर गर्भवती बनाएको रहस्य खुलेको बाल हेल्पलाईन, सिविनले जनाएको छ । सिविनमा परेको उजुरीको आधारमा चौधरी पक्राउ परेका हुन् ।
हजुरबाले जबरजस्ती करणी गरेको बालिकाले स्वीकार गरेको खुलेको छ । बाबुआमा काठमाडौंमा काम गर्न गएका बेला बालिकामाथि हजुरबाले जबरजस्ती गरेका हुन् । चुनावको समयमा घर पुग्दा छोरी अस्वभाविक रुपमा मोटाएको देखेपछि टीकापुर अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको हो ।
अस्पतालले बालिकाको पेटमा ६ देखि ७ महिनाको गर्भ रहेको बताएपछि बाजेले बलात्कार गरेको रहस्य खुलेको हो । प्रहरीले वृद्धलाई मंगलबार नै पक्राउ गरी जबरजस्तीकरणी मुद्धा दर्ता गरेको छ।
‘चौधरीका तीन छोरी मध्ये, बलात्कारमा परेकी ठूली हुन, दुई त्यो भन्दा पनि साना छन्, तीन छोरीहरु बाजेबज्यैको जिम्मा छोडेर बालिकाका बुवाआमा कामका लागि काठमाडौंमा बस्दै आएका छन् ।

The post १३ वर्षीया नातिनीको पेटमा हजुरबाको सात महिनाको गर्भ !! appeared first on News Fetch.

No comments:

Post a Comment