अग्लो कद । वजन ९१ केजी. लाम हात । तर पनि उनको महिला अनुहार कतै जाँंदैन । ‘अव अलिकति डाईट घटाउन थालेकी छु’ बुधवार नेपालपाटीसग युनिकाले भनिन् । हाउ भाउ हेर्दा कलकार लाग्ने किन कि उनी रेस्लर मात्र होइनन् । कलकार हुन् । पहिला त उनको काम भनेको नै कलाकार हो । नेपाली सिनेमा जगतमा उनले डन् (भिलेन) को पनि भुमिका निर्वाह गरेकी छन । ‘ अव त हिरोइनको पनि भुमिका निर्वाह गर्छु’ निर्धक साथ उनले भनिन् । २८ बर्षीय खड्का अनुहारमा महिला भए पनि आँंट र हिम्मतमा भने उनले पुरुषलाई माथ गर्छिन । उनलाई एउटा रेस्लर खेल क्षेत्रमा लागेर खेलकुदा मन्त्री भएको सिनेमा बनाउने भोकले उनलाई हिजो आज गाँंज्न थालेको छ । त्यति मात्र होइन उनी हिजो आज सपना देख्छिन ४० कटेपछि खेलकुद मन्त्री हुने कसरी ।
.
खड्कालाई निहु खोज्ने र हेप्ने केटालाई कागति निचोरे जस्तो निचोर्दिन मन लाग्छ । अहिले सम्म दुई दर्जन केटालाई भकुरेकी छन् उनले । उनी हरेक कुरामा प्रतिस्पर्धा गर्न रुचाउछिन । नेपालमा अहिले उनीसंग खेल्ने ५० जना जति महिला रेस्लर बनाएकी छन उनले । तर तिनलई तालिम दिन सकेकि छैनन । अमेरिकाबाट आएको एकजना रेस्लरसग उनले एक्लै ३१ वटा अण्डा एकै चोटी खाएकी छन । ‘खै स्वतै पचाउछ जिउले’, उनी भन्छिन ।
.
नेपालकी पहिलो महिला रेस्लर भगवति खड्का (युनिका), पहिलो महिला रेस्लरको उपाधी उनले अर्घाखाँचीमा एक अमेरिकन नागरिकसंग रेस्लिङ खेलेपछि पाएकी हुन् । नेपालका रेस्लर हिमालयन टाईगरलाई आफ्नो गुरु मान्ने उनले आफ्नो पनि एउटा छुट्टै नेपाल महिला रेस्लिङ फाउण्डेसन स्थाापना गरेकी छिन् । रेस्लिङकै सेरोफेरोमा रहेर भगवाती खड्का (युनिका)संग नेपालपाटीका लागि बविता ढकालले गरेको यो संवादः
.
जन्म मिति र स्थान ?
मेरो जन्म २०४५ सालमा रामेछापको वेलु गाविसमा भएको हो । बुबा प्रेम बहादुर खड्का आमा स्व. प्रेम कुमारी खड्का ।
बाल्यकाल कस्तो रह्यो ?
बाल्यकाल औसतमा ठिकै रह्यो । सुरु सुरुमा पढ्न मन नै लाग्दैन थियो । बुवाले कराउँदा पनि स्कुल जान मन लाग्दैन थियो । एक दिन स्कुलमा मिसले पिट्नु भयो त्यपछि त झन् पढ्न मनै लागेन । बुवाले पनि त्यसो भए नजा भन्नु भयो तर पछि फेरी पढाई सुरु गरे । ढिला देखी पढाई सुरु गरेको भए ढिलानै एसएलसी पास गरे । २०६४ सालमा गएर मात्रै एसएलसी पास गरे । तर पढाई मेरो राम्रो थियो । कक्षामा सधै प्रथम नै हुन्थे, खेलकुदमा विशेष रुची थियो त्यसैले होला स्कुलमा हुने खेलकुद प्रतियोगितामा पनि प्रथमनै हुन्थे ।
.
रेस्लर बन्ने सोच कहाँबाट आयो ?
जब एसएलसी पास गरे, पढाईको शिलसिलामा काठमाडौं आएं । काठमाडौंको पद्मकन्यामा भर्ना भए । त्यसवेला नेविसंघको क्याम्पस सभापति स्व. स्वक्तिकाले पहिलो पटक देख्ने वित्तकै मलाई भारत्तोलन सिक्न जाउ भनेर प्रत्साहन गर्नुभयो । मेरो शरीर ठुलो थियो अरु केटीहरुको शरीर भन्दा मेरो शरीर ठुलो देखिन्थ्यो त्यो अधारमा उहाँले मलाई भारत्तोलनको लागि हौसला दिनुभयो । त्यसपछि म रङ्गशालामा गए । त्यो बेला झम्क कटुवालसंग भेट भयो र उहाँले मलाई भारत्तोलनको लागि सहयोग गर्नु भयो र त्यो बेलामा १ सय ३५ केजी सम्म उठाएको थियो । तर भारत्तोलनको लागि मेरो हातले अलि साथ नदेला जस्तो लागेर पछि भारत्तोलन खेलिन । त्यस लगत्तै फिल्मको लागि फाईट सिक्न थाले । त्यही समयमा मलाई फाई सिकाउने गुरुले भन्नु भयो कस्तो रेस्लिङ खेल्ने शरीर छ तिमी रेस्लिङमा जाउ भन्नु भयो । संयोग बस नेपाली रेस्लर हिमालयन टाईगरसंग भेट भयो र त्यसपछि रेस्लिङमा छिरे ।
.
पहिलो रेस्लिङ कहाँ र को संग ?
पहिलो रेस्लिङ मैले २०६९ साल मंसिर १६ गते अमेरिकन रेस्लरसंग खेल्ने मौका पाए । अर्घाखाँचीमा भएको रेस्लिङमा मैले भाग लिएको थिए । एक रिङ मैले र एक रिङ अमेरिकन रेस्लरले जितेका थियौं । त्यस लगत्तै मसिर १९ गते वुटवलमा पनि रेस्लिङ खेल्यौं हामी दुवैले ।
पहिलो महिला रेस्लरको उपाधी कहिले पाउनु भयो ?
प्रथम महिला रेस्लरको उपाधी २०६९ साल मंसिर १६ गते नै पाए ।
देश भन्दा बाहिर कहाँ कहाँ खेल्नु भएको छ ?
देश भन्दा बाहिर भारतमा खेलेको छु । भारतको दिल्लिमा भएको रेस्लिङमा खेल्ने मौका मिल्यो । तर त्या महिला रेस्लर थिएनन् त्यसैले हामी दुई जना नेपालबाट गएका ले नै त्यहाँ खेल्यौ । मेरो एउटा साथी जुरेली र म गएका थियौ । देशका विभिन्न स्थानमा खेलको छु तर देश बाहिर भारतमा मात्रै हो ।
.
नेपाली रेस्लरको अवस्था कस्तो छ ?
अन्य खेललाई जसरि रेस्लिङलाई लिने गरिँदैन । खेलकुद क्षेत्रमा पनि राजनीतिकरण दलगत हिसाबले चलेको जस्तो लाग्छ । हिमालयन टाइगरले खेलकुद संघमा दर्ता गर्न सम्म सकेनन् । खेलकुद क्षेत्रमापनि राजनीतिकरण भएको देख्छु म ।
कस्तो पाउनुभाछ नेपालमा रेस्लिङको सम्भाव्यता ?
सिक्न र इच्छाका हिसावले धेरै जना छन् । तर सरकारी तवरबाट कुनै सहयोग नमिलेको आधारमा अहिले गाह्रो छ रेस्लिङमा । तैपनि मैले आफैले पनि नेपाल महिला रेस्लिङ फाउण्डेसन स्थाापना गरेकी छु जहाँ इच्छुक महलिाहरुलाई म रेस्लिङ सिकाउने योजनामा छ ।
.
तपाईको रेस्लिङ लक्ष्य कहाँ सम्म ?
मेरे लक्ष्य अमेरिकामा गएर डब्लुडब्लुएफ मा गएर खेल्नु हो । म त्यहाँसम्म पुग्छु भन्नेमा छु मेरो देशको झण्डा लगेर खेल्नु छ, तर म जान सकिन भने पनि मैले सिकाइरेका मेरा चेलीहरुलाई भनेपनि म त्यहाँसम्म पुर्याउछु ।
.
महिला रेस्लरलाई हेर्ने दृष्टिकोण कस्तो छ ?
मैले चाँही एमदम राम्रो पाको छु । एकआध जनाले नराम्रो रुपमा हेरेर केही हुन्न । सिधै आएर नराम्रो भनेका छैनन् अब पछाडि कुरा काट्छन् भने मलाई त्यसले असर गर्दैन । मलाई त झन् प्रथम महिला रेस्लर भनेर सम्मान गरेको नै पाएको छु । म कहिल्यै कमजोर भईन ।
The post निहूँ खोज्ने केटाहरूलाई कागती निचोरे जस्तै निचोरेको छु: नेपाली रेस्लर युनिका appeared first on Daleema News.
No comments:
Post a Comment