हैदराबाद। दक्षिण भारतीय फिल्मका सुपरस्टार कमल हसनकी छोरी र चर्चित अभिनेत्री श्रुती हसनकी बहिनी अक्षरा हसनको विषयमा सनसनीखेज समाचार बाहिरिएको छ । आफैंलाई नास्तिक बताउने अक्षराले धर्म परिवर्तन गरी बौद्धमार्गी भएको खबर सार्वजनिक भएको छ ।
२५ वर्षीया अक्षराले यसअघि आफूलाई नास्तिक बताउने गर्थिन् । तर अहिले भने उनले हिन्दू धर्म छाडेर बौद्ध धर्म अपनाएको खबर बाहिरिएको हो । अक्षराले आफूलाई हिन्दू धर्म भन्दा बौद्ध धर्मका सारतत्वले प्रभावित पारेको बताउकी छिन् । अक्षरा कमल हसनकी दोस्रो पत्नी सारिका ठाकुरकी छोरी हुन् । पहिलो पत्नीबाट कमल हसनकी अर्की छोरी श्रुती हसन हुन् । अक्षराले अमिताभ बच्चनसँग फिल्म षमिताभबाट बलिउड डेब्यू गरेकी थिइन् ।
डीसी नेपालबाट

The post आफैंलाई नास्तिक भन्ने श्रुती हसनकी बहिनीले गरिन् धर्म परिवर्तन appeared first on Daleema News.

No comments:
Post a Comment