पोखरा, साउन १२ – कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ ।
ना ५ ख ६३९५ नम्बरको बस कास्की र लमजुङको सीमानामा पर्ने मिजुरेडाँडाको रुदीखोलामा दुर्घटना भएको छ । रुदीखोलामा डुबेको बसभित्रै दुईजना च्यापिएर रहेका र एकजनालाई खोलाले बगाएको घटनास्थल कास्की मादी गाँउपालिका–८ का वडासदस्य सञ्जय गुरुङले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते भएका १५ जनालाई उद्दार गरी लमजुङ्गको रामबजारमा रहेको अस्पतालमा उपचार गरिएको छ । लमजुङ्गको भोर्लेटारबाट आएको प्रहरी र स्थानीय बासिन्दा अहिले उद्दारमा जुटेका छन् । दुर्घटनाबाट भएको धनजनको विवरण संकलन भैरहेको र क्षतिको एकिन भैनसकेको उद्दारमै रहनुभएको गुरुङले जानकारी दिनुभयो ।
स्रोत : उज्यालो अनलाइन

The post लमजुङ बस दुर्घटना : दुईजना डुबेको बसमै च्यापिए, एक जनालाई खोलाले बगायो appeared first on Daleema News.
No comments:
Post a Comment