यसरी प्रकट हुन्छ तम्घास वजार भित्रै रातमा भुत– - KTV Khabar

Breaking

यसरी प्रकट हुन्छ तम्घास वजार भित्रै रातमा भुत–

;


भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोला।

बुढा पुरानाले भन्ने गरेको र कतिपय अहिलेका पिढिहरुले पनि रातको समयमा देख्ने गरेको भुत–प्रेतको दृश्य गए राती सदरमुकाम तम्घास बजार भित्रै क्यामरामा कैद गरिएको छ । रातको सवा एक वजेको थियो ।तम्घसको पुतली वजारमा अर्घाखाँची जिपपार्कबाट सोही स्थानका व्यवसायी नेत्र पाण्डे , उनका भतिजा राजु पाण्डे र नयाँगाउँका मदन खत्री लगायतको टोली आउँदै थियो ।

पुतली बजारको भानु चोकमा एक्कासी सेतो वस्त्रमा धेरै बेर सम सेतो वस्त्रधारी भुत प्रेत मानै उभिई रह्यो । एक जना मदन खत्री डराएर त्यही ढले । हो हल्ला भयो । केहि वेरपछि त्यो दृश्य विलिन भयो । भर्खर विवाह भएकी महिला , माया प्रेम गर्दा गर्दै मृत्यु भएकी युवती , निकै कलेस साँध्धा साँध्दै प्राण पखेरु गुमाएकी वा सुत्केरी हुँदा हुँदै मृत्यु भएकी महिला किच्केनी बन्छन भन्न अझै पनि घाउँघरमा जनविश्वास छ । सेतो पहिरनमा ठुलो पेट , खुट्टा देखिन्नन् । मुहारको थोरै भाग देखिने जुन सेतो कपडा छ त्यो यहाँको मानव प्रयोगमा देखिदैन ।

तम्घासमा २०२२ साल देखि बस्दै आईरहेका समाज सेवी ६८ वर्षिय नन्दराम भुसालका अनुसार पुतली वजारको शिवशक्ति सिनेमा हल देखि अर्घाखाँची जिपपार्क सम्म त्यति वेला सम्म मशानघाट थियो । सिस्नो, बाँस लगायत ठुलो झाडी पनि थियो । भुसालले भने–‘मैले स्कुल बढ्ने बेला सम्म त्यो स्थान मशानघाट थियो र ठुलो झाडी पनि थियो ।’

त्यस कारणले पनि त्यस वरवर भुत प्रेतले रातमा डराउन दिन सक्ने भएकोले रातको समयमा हिडडुल गर्दा ख्याल गर्नु पर्ने र आगो वा बेसार साथमा लिनु पर्ने बुढापाकाहरुको सुझाव छ । हेरौं गएराती सवा एक वजेको दृश्य

The post यसरी प्रकट हुन्छ तम्घास वजार भित्रै रातमा भुत– appeared first on Daleema News.

No comments:

Post a Comment