गुल्मी । ६ वर्षिय काँखको छोरा, त्यस्तै आठ ,नौ वर्षका माईला र ११, १२ वर्षका जेठा छोरा सहित एउटी दलित महिला गुल्मीको सिमलटारीस्थि एक शौचालयमा गत पाँच वर्ष अघिदेखि बस्दै आएकी छन् । गुल्मी कै वाग्ला गाविस माईती बताउने सानी परियार ( नाम परिवर्तन ) भरभुङ्ग १ को सिमलटारी वजार नजिकै स्थानिय फ्रेण्ड कल्वले निर्माण गरेको शौचालयमा बस्दै आएकी हुन् ।
तिन वटै सन्तान तिन अलग अलग पुरुषहरुको बलत्कारबाट जन्मीएको बताउने उनि अहिले पनि शौचालयमा रात परेपछि पुरुषहरुको बलात्कारको शिकार भई रहनु परेको बताउँ छिन् । ‘२०५१ सालदेखि उनि सिमलटारी बजारमा सडक छाप बन्दै आए कि छन्’ स्थानिय शिक्षक शिवलाल अर्यालले भने –‘रातमा अपरिचीत पुरुषहरु आउँदै उनलाई बलत्कार गर्न थालेपछि धेरै सन्तान जन्मीएर झन गोता पाउलिन भनेर परिवार नियोजन गरी दिएका छौ । ’
‘म अर्खबाङ्गबाट सिमलटारी झरेकै २० वर्ष नाग्यो ’ अर्याले थपे–‘ म आए देखि नै उनी कहिले कसैको गोठमा त कहिले सडकमा बसेर छोराहरु हुर्काएको देखेको छु तर पाँच छ वर्षदेखि समाज सेवीहरुले त्यो शौचालय प्रयोगको साटो त्यसैमा उनलाई बस्ने ब्यवस्था मिलाएका छन् । ’ ति तिन वटै छोराका बाबु को हुन भन्ने टुङ्गो छैन् माईतीले खोज्न छाडेपछि उनि आफै पनि बेवरिसे जस्तै बनेकी छन् ’ मरभुङ्ग महिला विकास समितिकी अध्यक्ष पुनम अर्यालले भनिन् –‘उनका छोराहरुको पढ्ने बातवरण मिलाउनका लागि शिविर आएको बेला सवै मिलेर नागरिकता दिलाई दिएका छौं् ।’
उनि र उनका सन्तानको पालन पोषणमा अनाथालय जस्तै बनेकी छन् उनै पुनम । ‘भोक लागे पनि ज्वरो आए पनि सवै पुनम दिदीले हेर्नु हुन्छ ’ परियारले भनिन् –‘गर्भ वोकाउनेहरु सवै छाडेर गए , अहिले दुख पाईछु । ’ उनका अनुसार जेठा छोराका बाबु प्युठानतिरका , माईला अमरपुरतिरका र कान्छा धुर्कोट तिरका पुरुष हुन । तर अमरपुरका बाहेक कुनै पनि पुरुषले मेरो सन्तान हो भनेर दावि गर्न आएका छैनन् र उनले उनिहरुको नाम थर केहि चिने जानेकी छैनन् ।
मरभुङ्गका पुर्व गाविस अध्यक्ष सुर्यबहादुर जि.सी.भन्छन् –‘ २०५१ सालदेखि उनि र उनका तिन छोराहरु बेवरिसे र सडक छाप भएपछि उनलाई गाविसको राजनैतिक संयन्त्रले मरभुङ्ग ८ मा वास वनाई दिने ब्यवस्था मिलाएका छौं ।’ तर उनि वजार छाडन चाहन्नीन् त्यसैले यतैतिर चन्दा उठाएर मंसिर सम्म एउटा बास बनाई दिने तयारीमा छौ जिसीले भने अहिले सम्म उनको विचल्ली नै छ ।’ अध्यक्ष पुनम गाविसले खासै वास्ता नगरेको असन्तुष्टी ब्यक्त गर्छिन् । ‘ उनि रातमा प्राय सधै असुरक्षित हुन्छन् जड्या पुरुषहरु आएर समाउन थाल्छन् उनि चिच्चाउ छिन र हामी महिलाहरु गएर गुहार दिन्छौ’ पुनमले भनिन् –‘उनको सुरक्षा र बसोबासको उचित ब्यवस्था माथील्लो निकायबाट हुनु पर्ने हो । ’ वाग्ला स्थित उनकी आमाको मृत्यु भएको र बाबुले अर्की आमा विहा गरे पश्चात उनि सडक छाप बन्दै आएको स्थानियले बताए ।
‘बाबु आमाले पुर्कोटदहतिर विहा गराई दिएका थिए’ उनले भनिन–‘ लोग्नेले रात दिन कुटपिट गरेपछि घर छाड्न बाध्य भएकी हुँ । ’ तिजमा माईतीले बोलाउ छन् कि भन्ने आश लाग्दैन् भन्ने प्रश्नमा उनले भनिन् –‘आमा नै नभए पछि कस्को माईता जाम । ’ मलाई त न तिज न दशै , तिहार सधै एकनास छ आमा मरे पछि ’–उनले तिजका नारी वेदनाका गितहरुमा जस्तै आमाप्रतिको विलौना पोखिन् ।
रातमा सुतेको बेला खै कति जनाले बलत्कार गरे गिन्ती नै छैन उनले भनिन् अहिले पनि रातीमा आएर समात्छन् । उनि बस्दै आएको शौचालय खुट्टा पसारेर सुत्न नमिल्ने छ । जेठा छोरा भारी बोक्न प्युठान तिर हिडेका छन् यति बेला तिज मान्नका लागि । ‘माईलो पनि सडक तिर माग्न हिडेका छन् पुर्व अध्यक्ष जिसीले भने–‘ अहिले काँखका छोरा र आमा मात्रै शौचालयमा छन् । ’ शौचालयमा वास , विहना बेलुकाको जोह सधै अर्कैको आश न घर न वास उनको त्यो विचल्ली देख्दा र अर्को तर्फ सभ्रान्त परिवारका महिलाहरुको तिजमा ठुलो भड्काव देख्दा तिज सवै तहका महिलाको महान पर्व होईन कि भन्ने अनुभुत हुन्छ । स्थानिय महिला समाज सेवीहरु उनका तिन छोराहरुको बाुबुको टुङ्गो लगाउन छानविन अनि उनिहरुलाई गास, बास कपास र शिक्षा स्वास्थ्य जस्ता आधारभुत नागरिक मानव अधिकार पुरा गर्न राज्यको निकायले पहल गर्नु पर्नेमा जोड दिएका छन् ।
मरभुङ्ग गाविस सचिव गंगाबहादुर घिमिरेले गत तिन वर्षदेखि आफुले जिल्ला विकास समिति र जिल्ला प्रशासनको ध्यानकृष्ट गराउँदै आएपनि सुनुवाई हुन नसकेको गुनासो गरे । हामीले उनलाई नागरिकता दिलाउने र घडेरी दिने ब्यबस्था गरेका छौ, घर बनाउन केहि आर्थिक सहयोग पनि गर्न सकौला तर माथील्लो निकायबाट उनलाई सहयोग हुन सके ति बालकहरुको भविश्य अन्धाकार हुने थिएन गाविस सचिव घिमिरेले भने प्रशासन र जिविसमा तिन वर्षदेखि आफुले कुरा राख्दा पनि सुनुवाई भएन् ।
The post तिन वटै सन्तान तिन अलग अलग पुरुषहरुको बलत्कारबाट…शौचालयमा बस्दै आएकी सानी परियार appeared first on Daleema News.

No comments:
Post a Comment