जाजरकोट कुसे गाउँपालिका वडा नं. ७ ढिमे भनिने नारेका स्थायी बासी दिपक हमालको छोरी १४ बर्षकी एलिना हमाललाई प्राण घातक रोग रगत क्यान्सर भयका कारण २०७४ बैशाख देखि निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वर काठमाडौंमा उपचार भैरहेको छ । उपचारमा इसंलग्न डाक्टरका अनुसार यो रोग पुर्ण रुपमा निको हुन २ वर्ष लाग्ने र २ वर्ष सम्म नियमित उपचार गराई रहनु पर्ने भएको र उपचारका लागि १२ लाख देखि १६ लाख सम्म खर्च हुन सक्ने अनुमान उपचारमा संलग्न डाक्टरले बताएका छन ।
नेपालकै मानिने दुर्गम, गरिवी, भोकमारी र महामारीको चपेटामा गुज्रिरहेको जाजरकोट जिल्लाको कुसे ७ नारे मा बस्ने सामान्य कृषक परिवारकि यी बालिकाका लाई यस्तो प्राणघातक रोग लागेपछि उचार खर्च जुटाउन निकै कठिन भएको छ । जाजरकोट जिल्ला अस्पतालको सिफारिसमा नेपाल सरकारबाट उपलब्ध हुने “विपन्न नागरिक उचार कोष” बाट प्राप्त सहयोग अक्षेरुपी एक लाख रुपैया सहित छ लाख रुपैया खर्च भैसकेको अवस्था छ । अव हुने उपचारका लागि खर्च जुटाउन धौ धौ भएको र परिवारको आर्थिक अबस्था निकै कजोर भयका कारण छोरी एलिना हमाल लाई नयाँ जीवन दान गर्नका लागि सबै समक्ष आर्थिक सहयोग मागेकाछंन १४ बर्षिया एलिना अस्पताल को बेड बाटै रूदै यस्तो भन्छिन म बाच्न चाहान्छु मलाई आर्थिक सहायोग गरेर बचाईदिनुहोस ।
सहयोग गर्नका लागि विरामीका बुवा दिपक हमाल को मोबाई नं. ९७४८०३८४३२ मा सम्पर्क गरी नगद नै दिन सक्नुहुनेछ भने विरामी एलिना हमालको नाममा सिटीजनस बैंक इन्टरनेशलमा रहेको बचत खाता नंं.०२१००००१८६ MUमा पनि जम्मा गर्न सक्नु हुनेछ ।
सेवा नै धर्म हो, यहाँहरुले मनै देखि सहयोग गरिदिनुहुने छ भन्ने विश्वास छ ।
थोपा थोपा मिलेर सागर बन्छ भने झै यहाँहरुको सानो सहयोगले एलिनाको पुर्नजन्म हुनेछ । सक्नु हुन्छ भने अर्थिक सहयोग गर्नु होला सक्नु हुदैन भने सेहेर गर्नु होला
( स्रोत :नयाँबाटो )

The post १४ बर्षकै उमेरमा एलिनालाई लाग्यो यस्तो खतरा रोग जीवन बचाइ्दिन अर्थिक सहयोग माग्दै appeared first on Daleema News.
No comments:
Post a Comment