भरतपुर, २३ साउन– संयोग पनि कस्तो कस्तो पर्छ भने दुई वर्ष अघि साउन महिनामै विलासी गाडी किनेको भन्दै भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत नारायणप्रसाद सापकोटालाई माओवादी कार्यकर्ताले कार्यालयमै गएर कालोमोसो दले ।
अहिलेको साउन महिनामा मतपत्र च्यातेर महानगरको मेयर बन्न सफल हुनुभएकी रेणु दाहाल भने सोही गाडी चढ्नु भएको छ ।
गाडी खरिदका लागि २४ बैशाख २०७२ मा एक राष्ट्रिय दैनिकमा प्रकाशित भएको सूचना अनुसार युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिको बोलपत्र स्वीकृत भयो ।
सोही बोलपत्र अनुसार असार १८ गते महानगरपालिकाले १ करोड ६३ लाखको टोयोटा कम्पनीको ल्याण्ड क्रुजर जिप खरिद गर्यो । त्यसको दुई महिनापछि १० साउनमा भरतपुर महानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत सापकोटालाई विलासी गाडी खरिद गरेको र खरिद प्रक्रियामा अनियमितता गरेको भनी कालोमोसो लगाएर भौतिक कार्वाही गरे ।
माओवादीले दुब्यर्वहार गरेपछि कार्यकारी अधिृत सापकोटा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय हुँदै गृह मन्त्रालय मातहतको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा जानुभयो ।
सापकोटाको सरुवा भएयता अर्का कार्यकारी अधिकृत महेश बराल चढ्दै आउनुभएको गाडी आइतबार भरतपुर मेयरको सपथग्रहणपछि रेणु दाहालले चढ्नुभयो ।
दुई वर्षअघि विलासी गाडी खरिद गरेको भनी कार्यकारी अधिृकतलाई कालोमसो दलिए पनि अहिले सोही गाडी माओवादीबाट मेयर हुनुभएकी रेणुले चढेपछि भरतपुरमा ठूलो चर्चाको विषय बन्न पुगेको छ ।
यो समाचार चक्रपथ डट कम बाट साभार गरेका हौ

No comments:
Post a Comment