;
साउन २१, काठमाण्डौ । पाकिस्तानमा २० वर्षपछि कुनै हिन्दु मन्त्री बन्न सफल भएका छन् ।
भ्रष्टाचारको मुद्धामा नवाज शरीफले राजीनामा गरेपछि शुक्रबार शाहिद खकान अब्बासीले नयाँ प्रधानमन्त्रीको रुपमा सपथग्रहण गरेका थिए । ४६ सदस्यीय मन्त्रिमण्डलमा ४४ मन्त्रीले शुक्रबार सपथ लिएका थिए । जसमा एक हिन्दुले मन्त्रीको रुपमा सपथ लिएका थिए ।
नयाँ मन्त्रिमण्डलमा २८ संघीय र १८ राज्यमन्त्री बनेका छन् । हिन्दु मन्त्री दर्शन लाललाई ४ पाकिस्तानी प्रान्तबीच समन्वयको जिम्मेवारी सुम्पिएको छ । ६५ वर्षीय दर्शन लाल सिन्धको घोट जिल्लास्थित मिरपुर मैथेलो शहरमा चिकित्सक पेशामा कार्यरत छन् ।
२०१३ मा उनी दोस्रो पल्ट पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) को अल्पसंख्यकका लागि आरक्षित सिटबाट नेशनल एसेम्बलीमा चुनिएका थिए ।
एजेन्सी

No comments:
Post a Comment