अपडेट – भारतले नेपाललाई यसरी हेप्यो, कोशी ब्यारेजको सबै ढोका खुल्यो भनेर ट्वीट गरे तर अझै ३३ ओटा मात्र खुली रहेको छ, पछिल्लो अपडेट हेर्नुहोस - KTV Khabar

Breaking

अपडेट – भारतले नेपाललाई यसरी हेप्यो, कोशी ब्यारेजको सबै ढोका खुल्यो भनेर ट्वीट गरे तर अझै ३३ ओटा मात्र खुली रहेको छ, पछिल्लो अपडेट हेर्नुहोस

;

काठमाडौं, ३० साउन । अविरल वर्षा पछी भिषण बाढी आएर कोशी ब्यारेजमा अत्यधिक पानी जमीसकेको छ । यसै बीच परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच फोन वार्ता भएको छ । उनीहरु बीच टेलिफोनमा कुराकानी भए लगत्तै भारतीय दूतावासले कोशी ब्यारेज लगाएत गण्डक र राप्ती नदीका ढोका खुला गरियो भनेर लेख्यो ।

तर वास्तविकता भने त्यस्तो छैन । भारतले नेपाल र नेपाली जनाताको जीवनमाथि खेलाइची गरी रहेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीका अनुसार आइतबार साँझसम्म सप्तकोसी ब्यारेजका ५६ ढोका मध्ये अझै ३३ मात्र खोलिए छ । भारतीय दुतावासले दिएको स्टेटमेन्ट सरासर गलत भएको जानकारी आएको छ ।

भारी वर्षा पछी नेपाल र भारतको बिहारमा पनि बिनास गरेको छ । यदि कोशी ब्यारेजको धेरै ढोका खोलियो भने स्वत बिहारमा ठुलो हानी हुनेछ, त्यसै कारण भारतीय पक्ष ढोका खोल्न तयार छैन ।

भारतीय विदेशमन्त्री स्वराजले महरासँगको टेलिफोन वार्तामा नेपालमा आइपरेका सबै खालका समस्यामा सहयोग गर्न भारत तयार रहेको आश्वासन दिएकी थिइन् ।

कुनै पनि बेला सप्तकोशीको बाद फुटेर हजारौ सर्बसाधारणको बासस्थान डुब्ने खतरा हुदा पनि नेपाल सरकार अनुनय बिनय शिवाय केहि पनि गर्न सकिरहेको छैन । अहिले सप्तकोसीको पानीको बहाब प्रतिसेकेण्ड दुई लाख ६१ हजार क्युसेक रहेको छ, जुन निक्कै खतरनाक अवस्था हो। स्मरण रहोस ०६५ सालमा २ लाख क्यूसेकको हाराहारीमा पानीको बहाब रहेकै अवस्थामा कोशीको पूर्वी तटबन्ध भत्किएर हजारौ घरवार बिहिन भएका थिए अरबौको क्षेती भएको थियो ।

बाढी गएको ४८ घण्टा सम्म पनि ढोकाहरु नखोलिदा देश विदेशबाट नेपाली जनताहरु नेपाल सरकार प्रति आक्रोसित भएका छन ।

No comments:

Post a Comment