साउदीमा एक नेपालीको मृत्यु - KTV Khabar

Breaking

साउदीमा एक नेपालीको मृत्यु

;

रुकुम, भदौ १३ – रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको ज्यान गएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका-९ झुलाका २४ वर्षका रत्नबहादुर नेपालीको ज्यान गएको हो ।

१५ महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा ज्यान गएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो ।

कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उहाँकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् । रासस

No comments:

Post a Comment