युवायुवतीहरुमा ब्रेन स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या बढ्दै ,यसरी बच्न सकिन्छ - KTV Khabar

Breaking

युवायुवतीहरुमा ब्रेन स्ट्रोक अर्थात मस्तिष्कघातको समस्या बढ्दै ,यसरी बच्न सकिन्छ

;

अहिलेसम्म ब्रेनस्ट्रोकको सम्बन्धमा आमधारणा के थियो भने ब्रेनस्ट्रोक (मस्तिष्कघात) उमेर पुगेका बुढापाकाहरुलाई मात्र हुन्छ । तर, आधुनिक जीवनशैलीको जटिलताले गर्दा बयस्यक उमेरका ब्यक्तिहरुमा पनि यो समस्या देखिन थालेको छ । अब यस समस्या (ब्रेनस्ट्रोक) संग उमेरको कुनै सम्बन्ध रहेन भन्दा कुनै अतियुक्ति नहोला । लिंगको हिसाबले हेर्दा यो समस्या महिलाहरु भन्दा पुरुषहरुमा बढी देखिन्छ ।

के हो ब्रेनस्ट्रोक भनेको ? सहि ढगंले काम गर्नको लागि हाम्रो मस्तिष्कलाई हमेशा अक्सिजनको आवश्यकता पर्दछ । रक्त प्रवाहको माध्यमले नै चाहिने जति अक्सिजन हाम्रो मस्तिष्कसम्म पुग्दछ । कुनै कारणवश मस्तिष्कको रक्त वाहिनी नलीमा (ब्लडकोटिङ्ग) रगत जमेर नशा फुट्नाले मस्तिष्क (ब्रेन) कोषिकाहरुलाई पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउदैन । यस अवस्थामा मस्तिष्कका कोषिकाहरु तिब्र गतिमा नष्ट हुन थाल्छन् । शरीरको यस अवस्थालाई नै ब्रेनस्ट्रोक अर्थात मस्तिष्कघात भनिन्छ ।

ब्रेनस्ट्रोक को प्रकारः ब्रेनस्ट्रोक प्रायः गरी दुई प्रकारको हुन्छ । १) स्केमिक (ischemic) २) हेमैरेजिक (Haemmorrhagenic)

पहिलो अवस्थामा ब्यक्तिको मस्तिष्कको नशाहरुमा रगत जम्ने समस्या हुन्छ । जसले गर्दा मस्तिष्कको केहि भागमा अक्सिजन युक्त रगत पुग्न पाउदैन । ब्रेनस्ट्रोकको लगभग ८७% प्रतिशत केशेजहरुको मामलामा यस्तै प्रकारको समस्या देखिन्छ ।

अर्को किसिमको हेमेरेजिक स्ट्रोकमा भने मस्तिष्कको नशा फुट्न जान्छ । यसले गर्दा मस्तिष्कको केहि भागमा अनियन्त्रित रुपले रगतको प्रवाह हुन जान्छ । यो अवस्था अत्यन्तै खतरानाक हुन्छ ।

कसरी पहिचान गर्ने ?

केहि लक्षणहरु हार्टअट्यकसँग मिल्दोजुल्दो भएको कारणले प्रायः मानिसहरु ब्रेनस्ट्रोकलाई पनि हार्टअट्यक हो भनेर बुझ्ने गर्छन् । तर, यो हृदयघात भन्दा पनि गम्भीर समस्या हो ।

ब्रेन अट्यकका प्रमुख लक्षणहरुः-

मुख बांगिनु, हातमा कमजोरी महशुस हुनु, प्रयास गर्दा पनि ब्यक्तिले आफ्नो हात माथितिर लान नसक्नु, बोल्न अप्ठेरो हुनु, बोली लर्बराउनु । लगभग ७० % प्रतिशत ब्रेनस्ट्रोकका केशेजहरुमा उपरोक्त प्रमुख लक्षणहरु देखिन्छन् । यसबाहेक यस किसिमका रोगीहरुमा केहि अन्य लक्षणहरु पनि देखिन्छन्, जस्तै: आखाँको अगाडी अन्ध्यारो हुनु, रिगंटा लाग्नु, वरिपरिको बस्तु डबल (दुई वटा) देखिनु, शरीरको सन्तुलन बिग्रनु, कमजोरी महशुस हुनु, वा शरीरको कुनै भाग लाटो (सुन्न) हुनु आदि । यी लक्षणहरु बढी खतरनाक हुन्छन् । प्रायः मानिसहरु यसलाई मामुली कमजोरी सम्झेर वास्ता गर्दैनन् र बिरामीलाई अस्पताल पुग्नमा ढिलो भईसक्छ ।

समयको महत्वलाई बुझ्ने :

स्ट्रोकबाट प्रभावित ब्यक्तिलाई एक मिनट पनि बिलम्ब नगरी जतिसक्दो चाँडै नजिकको अस्पताल पुर्याउने । यसमा ढिलो नगर्ने उसको लागि एक-एक सेकेन्ड पनि धैरै मुल्यवान हुन्छ किनभने स्ट्रोकपछि ब्यक्तिको मस्तिष्कको सेल (कोषिका) हरु तिब्र गतिमा नष्ट हुन थाल्छन् । यदि कलकारखाना, अफिस वा घर परिवार भित्रका कुनै सदस्यहरुमा कसैलाई पनि ब्रेनस्ट्रोकको कुनै एउटै लक्षण पनि देखियो भने साथीभाई, घरका सदस्यहरुको जिम्मेवारी हुन आउछ कि एक मिनट पनि ढिलो नगरी नजिकको अस्पतालमा तुरन्तै लैजाने जहाँ आईसियु, न्युरोलोजी डिपार्टमेन्टको अलावा सिटी स्क्यान, एमआरआईको सुबिधा होस् । यस्तो अवस्थामा सोच्ने, सरसल्लाह गर्ने, बिचार गर्ने, वा आफ्नो फेमिली डाक्टरसँग सल्लाह गर्ने जस्ता गल्ति गर्नुहुँदैन किनभने यो एउटा मेडिकल ईमर्जेन्सी हो र आधुनिक सुबिधायुक्त अस्पतालमा नै यसको उपचार सम्भव छ । बिरामीलार्इ अस्पताल पुर्याएपछि पनि यस कुराको ध्यान राख्नु पर्दछ कि ३० मिनटभित्र बिरामीको सिटी स्केन भईसकनु पर्छ र ५० मिनटभित्र बाँकी ल्याब टेस्टहरु पनि सकियोस् ताकि छिटो भन्दा छिटो बिरामीको उपचार शुरु गर्न सकियोस् ।

कहिले हुन्छ खतरा ? ६० बर्ष उमेरपछिका ब्यक्तिहरुमा यसको खतरा बढ्न जान्छ । आधुनिक जीवनशैलीको व्यस्तताको कारणले मानिसहरु आफ्नो स्वास्थ्यप्रति त्यति ध्यान दिंदैनन् । यसकारण ३०/४० बर्षका आयु भएका मानिसहरु पनि ब्रेनस्ट्रोकको शिकार हुन्छन् । हाईब्लड प्रेशर, मधुमेह, मोटोपन, पारिवारिक ईतिहास, रगतमा कोलेस्ट्रोल र अमिनोएसिडको मात्रा बढ्नु, अत्याधिक मात्रामा अल्कोहल र सिगरेटको सेवन गर्नु, टाउकोमा कुनै आन्तरिक चोटपटक या अत्याधिक मानसिक तनावमा हुनु आदि कारणले यो समस्या हुनसक्छ ।

ब्रेनस्ट्रोकको असर:

ईन्डियन काउन्सिल अफ रिसर्च, दिल्ली (भारत) को भनाइअनुसार ब्रेनस्ट्रोकको केशेजमा ४१ प्रतिशत ब्यक्तिको ज्यानको खतरा रहन्छ र ५९ प्रतिशत ब्यक्तिहरुमा शारीरिक या मानसिक दुर्बलताको आशंका भईरहन्छ । अटेकपछि ब्यक्ति हिडडुल गर्न असमर्थ हुन्छ । कसैलाई बोल्नमा कठिनाइ हुन्छ । दृष्टि (नजर) मा धमिलोपन(आँखा नदेख्ने) आउनुका साथै ब्यक्तिको स्मरणशक्ति कमजोर हुनु । अर्धचेत अवस्थामा पुग्ने । एकातिरको पक्षघात हुने । कारण के हो भने मानव मस्तिष्कको प्रत्येक भागले भिन्न–भिन्नै शारीरिक एवं मानसिक क्रियाहरुलार्इ सञ्चालन गर्नुका साथै नियन्त्रण गर्ने काम पनि गर्दछ । सामान्यतय हाम्रो मस्तिष्कको बायाँ हिस्सा (भाग) ले शरीरको दाहिने भागलाई र दायाँ हिस्साले शरीरको देब्रे भागलाई नियन्त्रित गर्दछ । ब्रेनस्ट्रोकको कारणले मस्तिष्कको जुन भाग प्रभावित भएको हुन्छ । त्यस भागसँग सम्बन्धित अगंहरुको सञ्चालनमा बाधा पुग्छ । बोलचालको भाषामा यसैलाई लकवा या पैरालायिटिक अट्यक भनिन्छ ।

बचाउन सम्भव छ ?

प्रायः मानिसहरु यो सोचेर भयभित भईहाल्छन् कि ब्रेनस्ट्रोकको हमला अचानक हुन्छ । यसबाट बच्न असम्भब छ । तर, वास्तवमा त्यस्तो होइन । यसबाट बच्नको लागि स्वस्थ्यकर, सन्तुलित खानपान र नियमित ब्यायाम तथा योगाभ्यास गर्नुपर्दछ । शरीरको कोलेस्ट्रललार्इ नियन्त्रित राख्नु जरुरी छ किनभने खराब कोलेस्ट्रोलले मुटुको साथै मस्तिष्कको रक्तवाहिनी नलीलाई पनि साँगुरो बनाउने काम गर्दछ । यसै कारणले हार्टअट्यक मात्र होईन कि ब्रेनस्ट्रोक हुने खतरा पनि बढ्छ । बर्षको एकपटक रुटिन हेल्थ चेकअप अवश्य गराउनु पर्छ । मधुमेहका बिरामीहरुले बिशेष सावधानी अपनाउनु पर्नेहुन्छ । किनभने डायबिटिजका बिरामीको शरीरमा रक्तवाहिनी नलीहरु खुम्चिने प्रवृतिका हुन्छन् । जो पछि गएर मस्तिष्कघात (ब्रेनस्ट्रोक) लाई प्रभावित गर्न सक्छ।

यस रोग बारे रहिआएको भ्रम:

केहि ब्यक्तिहरुमा एक किसिमको गलत धारणा रहेको छ कि एकपटक ब्रेनस्ट्रोक भएपछि ब्यक्ति सामान्य जीवन जीउन सक्दैन । तर, बास्तवमा त्यस्तो होईन, यदि बिरामीले सहि समयमा उचित उपचार पायो भने उसको स्वास्थ्यमा सुधार सम्भव छ । अस्पतालबाट (सकंटकालिन) उपचार गराइ घर फर्किदा पनि रोगीलाई बिशेष हेरचाहको आवश्यकता हुन्छ । रोगको गम्भिरता अनुरुप रोगीलाई मेडिकल कन्सलटेन्सीको अलावा स्ट्रोकको पोष्टइफेक्ट असर हटाउनको लागि फिजियोथिरापी, स्पिचथिरापी, होमियोप्याथी, काउन्सलिङ, आयुर्बेदिक मसाज आदिको पनि आवश्यकता पर्दछ । स्ट्रोकको आघातबाट भएको शारीरिक एवं मानसिक कष्टबाट बिरामीलाई बाहिर आउनमा धैरैसमय लाग्दछ । यसबाट रोगीमा डिप्रेशन र मानसिक तनाव हुन थाल्छ । यस्तो अवस्थामा घरपरिवारका सदस्यहरुको जिम्मेवारी हुन आउछ कि बिरामीलाई भावनात्मक सहयोग दिने र उसको मनोबल बढाउने कोशिश गर्ने । याद राख्नुस तपाई हाम्रो सेम्पथीले औषधिको भन्दा बढि काम गर्छ।

होमियोप्याथी चिकित्सा:

स्ट्रोकका रोगीहरुको उपचारमा लक्षणअनुसार सफलतापूर्वक प्रयोग गरिने केहि औषधिहरु निम्न लिखित छनः अर्ध पक्षघातको साथै स्वरलोप (आवाज) पनि निस्किदैन भने यस अवस्थामा लेकेसिस, नाजा, औपियम, फासफोरस आदि औषधिको प्रयोग लाभदायक हुन्छ । यसैगरी आखाँको दृष्टि लोप हुन गएमा जेल्सिमियम औषधिको प्रयोग लाभदायक हुन्छ । अन्य औषधिहरु पनि लक्षणअनुसार प्रयोग गर्न सकिन्छ । जस्तो: एकोनाइट, आर्निका, ग्लोनाईन, बेलाडोना, कस्टिकम, रसटक्स, फासफोरिकएसिड, बेरायटा म्युर आदी । उपरोक्त औषधिहरु आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकसँगको परामर्श लिई प्रयोग गर्नु उचित हुन्छ

No comments:

Post a Comment