यी विद्यार्थीले निकालिन् बिज्ञान बिषयको परिक्षामा चिट चोर्ने अचम्मको उपाय - KTV Khabar

Breaking

यी विद्यार्थीले निकालिन् बिज्ञान बिषयको परिक्षामा चिट चोर्ने अचम्मको उपाय

;

 

परीक्षामा विद्यार्थीले चिट नचोरून् भनी अनेकथरी नियम बनाइएको हुन्छ तैपनि विद्यार्थीहरू नयाँ नयाँ उपाय अपनाएर चिट चोरिहाल्छन् । यस्तै एक मामिला आजकल सामाजिक सञ्जालमा हिट भइरहेको छ ।

एक छात्राले चिट चोर्नका लागि अपनाएको उपाय देखेर सबै छक्क परेका छन् । चिट चोर्न यस्तो दिमाग लगाउनेले पढ्नमा दिमाग खर्चेको भए कति राम्रो हुन्थ्यो भन्ने टीकाटिप्पणी पनि आएका छन् ।

एन्ड्रिया नामक छात्राले फिजिक्सको जाँचमा ठूला ठूला फर्मुलाहरू नङभित्र लुकाएर ल्याइन् । लामा नङ हुनाले कसैले पनि उनीमाथि शंका गरेन । शिक्षकले पनि कुनै केटीले नङभित्र चिट लुकाएर चोर्न सक्छन् भन्ने अनुमान गर्न सकेनन् ।

परीक्षा दिइसकेपछि उनले यो आइडिया सामाजिक सञ्जालमा शेयर गरिन् । तस्वीर हेरेपछि अन्य महिला पनि परीक्षामा राम्रो नम्बर ल्याउनका लागि अब नङ बढाउनुपर्ला भन्दै कमेन्ट गरिरहेका छन् ।

No comments:

Post a Comment