;
काठमाडौं, २३ साउन । महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुरमा एक जनाको ‘इन्काउन्टर’ गरेको छ ।
प्रहरी इन्काउन्टरमा परी लागूऔषध कारोबारमा संलग्न रहेका ‘मोस्ट वाण्टेट’ प्रवीण खत्रीको मृत्यु भएको हो । हतियार रहेको सूचनाका आधारमा उनको घरमा पुगेको महाशाखाको प्रहरी टोलीमाथि खत्रीले गोली चलाएको र जवाफी कारबाहीमा उनी मारिएका हुन् । उनी प्रहरीको सर्वाधिक खोजीको सूचीमा थिए ।
महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार इन्काउन्टरमा मारिएका खत्रीबाट दुई वटा पेस्तोल भेटिएको छ । खत्रीको शव पाटन अस्पताल लगेर पोष्टमार्टमको तयारी भइरहेको छ ।

No comments:
Post a Comment