;
काठमाडौं, १९ साउन– बंगलादेशकी २२ वर्षिय मोडेलले आफ्ना पतिसँग भिडियो च्याट गरिरहेकै बेला झुण्डिएर आत्महत्या गरेकी छन् ।
२२ वर्षिय रिसिला बिन्ते वाजरले आफ्नो श्रीमानसँग भिडियो च्याट गर्दै गर्दा कोठामा झुण्डिएकी हुन् । त्यसपछि उनलाई अस्पताल पुर्याइएको थियो । तर अस्पतालन पुर्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरे ।
बिन्ते र श्रीमानको सम्बन्ध केही बिग्रिएको जनाइएको छ । सोही विषयलाई लिएर श्रीमानसँग भिडियो च्याट गर्दै आत्महत्या गरेको हुन सक्ने बुझिएको छ ।
यद्यपि ३ वर्षीया छोरी भएकाले उनले आत्महत्या नै गरेकी हुन् भनेर धेरैले पत्याएका छैनन् । उनकी तीन वर्षीया आफ्ना हजुरबा–हजुरआमासँग बस्दै आइकी थिइन् ।
सन् २०१२ बाट मोडलिङ सुरु गरेकी उनी अतिश दिपाङ्कर विश्वविद्यालयमा अङ्ग्रेजी साहित्य अध्ययनरत थिइन् ।

No comments:
Post a Comment