मुम्बइ। रियालिटी शो बिग बोसको सेटमै सहभागीले आत्महत्याको प्रयास गरेपछि शो विवादमा आएको छ । आत्महत्या गर्ने प्रयास गरेकी सहभागीलाई भने अर्की प्रतियोगीले बचाएकी छिन् । बिगबोसको तमिल संस्करणमा सहभागी अभिनेत्री ओविया हेलनले यस्तो प्रयास गरेकी हुन् । उनलाई अर्की सहभागी स्नेहनले बचाएकी हुन् ।

आत्महत्याको प्रयास गर्ने सहभागी ओवियाले अहिले शो छोडिदिएकी छिन् । शुक्रबार ओवियाले बिगबोसको घरमा भएको स्विमिङ पुलमा हाम्फलेर डुब्ने प्रयास गरेकी थिइन् । रिपोर्टका अनुसार ६ हप्तासम्म बिगबोसको घरमा बसेकी ओवियाले अर्का सहभागी आरवलाई मन पराउन थालेकी थिइन् । तर आरवले उनको निकै नजिक आएर पनि उनको प्रस्ताव अस्वीकार गरे । यही घटनाबाट दुःखी ओवियाले आत्महत्याको प्रयास गरेको बताइएको छ ।
आत्महत्याको प्रयास भएपनि घटनास्थलमा प्रहरी पुगेको थियो तर शोको प्रोडक्सन टिमले यसबारे केही बताउन चाहेन । बिग बोसको तामिल संस्करणका होस्ट कमल हसन हुन् । जूनमा सुरु भएको यो पहिलो संस्करण १०० एपिसोड चल्ने बताइएको छ ।
डिसी नेपाल

No comments:
Post a Comment