काठमाण्डौ, ४ भदौ । तीन महिनाको नावालक छोरा सहितको परिवार छोडेर पैसा कमाउन ओमन पुगेका नेपालगन्जका एक युवाको मृत्यु भएको छ । रोजगारीको लागी ओमान पुगेका नेपालगन्ज उप–महानगरपालिका बाईपास रोडका २४ बर्षीय मोहन मल्लको शुक्रबार राती सुतिरहेको अवस्थामा मृत्यु भएको छ ।
मल्ल छ महिना अघि मात्रै नेपालगन्जको कर्णाली ओभरसिज हुंदै काठमाडौको प्रोटेक्ट मेनपावर मार्फत ओमान ईन्टरनेशनल ग्रुप (ओआइजी) कम्पनीमा कामको लागी आएका आउनुभएको थियो । उहाँ बर्काको रुमेस स्थित अल मदिना नजिकैको क्याम्पमा बस्नुहुथ्यो भने काम मस्कटको सिव भन्ने ठाउँमा अल दिवान कम्पनीमा थियो . शुक्रबार मल्लको बिदा थियो ।
दिनभर साथीभाई संग सुख दुखका कुराकानी गरि सांझ खानपिन गरेर सुतेका मल्ल बिहान नउठे पछि उठाउन खोज्दा उहाँको मृत्यु भैसकेको सोहि कम्पनीमा कार्यरत स्याङ्जाका राम बहादुर गुरुङले जानकारी दिनुभयो ।
कम्पनीको यो क्याम्पमा करिव १५ जना नेपाली बस्ने भए पनि मृतक मल्ललाई दक्षिण भारतका कामदारहरुको कोठामा राखिएको थियो। शनिबार बिहान उहाँको त्यो अवस्था देखेपछि कम्पनीले प्रहरीलाई खवर गरेको थियो . घटनास्थल निरीक्षण गरि रोयल ओमान पुलिसले निजको शवलाई पोस्टमार्टमको लागी लगेको छ ।
सोहि कम्पनीमा कार्यरत नाताले सोल्टी पर्ने दैलेखका आफन्त बिवश बहादुर शाहिका अनुसार मल्लको भर्खरै जन्मेको तिन महिनाको छोरा छ ।करिव डेढ दुई बर्ष अगाडि बिहे गरेका मल्लको परिवारमा दाई भाउजुको परिवार अनि श्रीमति र नयाँ छोरा छन् ।from lightnepal
No comments:
Post a Comment